स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
हरेक वर्ष दशैं र तिहारको विचका सञ्चालन हुँदै आएको मालिकादेवी कपको चौथो संस्करण यश बर्ष कात्तिक ५ गतेबाट शुरु हुने भएको छ । नकआउट सेभेन ‘ए’ साइड खुलाफुटबल प्रतियोगिताको आयोजना मेलचौर युवा जागरण समाजले गरेको हो ।
प्रतियोगितामा जिल्लाभित्र तथा बाहिरका सम्पूर्ण टोलीले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिताको विजेताले एक लाख ५५ हजार ५५५ र उपविजेताले ७७ हजार ७७७ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्ट्राइकर, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई ट्रफीसहित नगद पुरस्कार समेत प्रदान गरिने आयोजक समितिका अध्यक्ष कृष्ण श्रेष्ठले बताए । साथै टिम ‘फेयर प्ले’ लाई अवार्डको व्यवस्था पनि गरिएको छ।
चौतारा साँगाचोकगढी नगरपालिका ७ मेलचौर दरबारडाँडा खेलमैदानमा हुने प्रतियोगितामा सहभागी हुन चाहने टिमले कात्तिक ३ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने छ । टिम दर्ता शुल्क पाँच हजार लाग्नेछ ।
प्रतियोगिताको पुरस्कार राशि तेस्रो संस्करणको तुलनामा ४४ हजार ४४४ रुपैयाँले थप गरिएको छ। गत वर्ष (तेस्रो संस्करण) रोयल फ्यामेली चौताराले जितेको थियो। जसमा पुरस्कार राशि एक लाख ११ हजार १११ रुपैयाँ थियो।
पहिलो संस्करणको उपाधि सुनौलो बिहानी अभियानले जितेको थियो। त्यस संस्करणको पुरस्कार राशि ६० हजार थियो भने दोस्रो संस्करणको उपाधि जितेको अधेरी युथ क्लब बलेफीले ८० हजार रुपैयाँ जितेको थियो।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।