स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
लगातार तीन बर्षसम्म प्रथम हुँदै सिन्धुपाल्चोकको इर्खु माविले चौतारा साँगाचोकगढी नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड आफ्नै बनाएको छ । लगातार तीन बर्ष प्रथम भएपछि रनिङ शिल्ड पच हुने प्रावधान छ ।
चौतारा टुँडिखेलमा चार दिनसम्म चलेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका ८ मा रहेको श्री इर्खु माविले २१ वटा स्वर्ण पदक जितेको थियो । इर्खुले १५ रजत र ६ कास्य पदक सहित कुल ४२ वटा पदक जित्दै नगर प्रथम भएको नगरका शिक्षा शाखा अधिकृत बसन्तराज जोशीले बताए ।
इर्खुलाइ खेलकुदको हब पनि मानिन्छ । भलिबल , एथलेटिक्स तथा उसु, करातें लगाएत खेल विधामा इर्खुले उत्कृष्ट प्रदर्शन गर्ने गरेको छ । विद्यालय तहमा नै प्रशिक्षकहरुबाट प्रशिक्षण गराउने गरेको र विद्यार्थीहरुले पनि उत्कृष्ट प्रदर्शन गरेकोले यो सफलता प्राप्त भएको विद्यालयका प्रधानाध्यापक प्रकाश दंगालले बताए ।
प्रतियोगितामा श्री कृष्ण रत्न गंगा मावि, चौताराले १६ स्वर्णसहित १५ रजत र ५ कास्य पदक जितेर ३६ पदक सहित दोस्रो भएको छ । त्यस्तै ६ स्वर्ण , ४ रजत र ७ कास्य पदक गरि कुल १७ पदक हात पार्दै सेतीदेवी मावि, स्याउले तेस्रो र ६ स्वर्ण , २ रजत र १ कास्य पदक सहित कुल ९ पदकका साथ जनविकास मावि, पाथिभरा चौथो भएको शिक्षा अधिकृत जोशीले बताए ।
नगरस्तरीय प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागीता जनाउन पाउनेछन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई विद्यालय तहको सबैभन्दा ठुलो खेलकुद प्रतियोगिता मानिन्छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।