Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० मंसिर २०, बुधबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

‘तामाङ अनि सोनम ल्होछार’

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ माघ २६, सोमबार (२ साल अघि)
‘तामाङ अनि सोनम ल्होछार’

ल्होछार अर्थात ल्होसार ।

‘ल्हो’ भन्नाले साल अथवा सम्वत् अनि ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । आउनुहोस् २८५७ औं सोनाम ल्होछार (लाङ) वर्ग अन्तर्गतको नया वर्षका उपलक्ष्यमा हर्ष अनि शुभकामना साटासाट गरौं ।

तामाङ समूदायबारे लेखिएका विभिन्न पुस्तकहरु अनि शोधहरु अध्यन गर्दा ‘ता’ भन्नाले घोंडा अनि ‘माङ’ भन्नाले लडाकुहरु भन्ने बुझिन्छ । यसअर्थमा घोडचढीमा निपूर्ण साहसीहरुको समूदाय तामाङहरु वास्तवमै आफ्नो साहस, विरता अनि रण कौशलताकालागि नेपालमा मात्र नभई संसारभरि प्रचलीत छन् । ‘ल्होछार’ शब्द ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ वा ‘सार’ अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ । यस दिन तामाङ समूदायले विशेष परम्परागत अनि साँस्कृतिक महत्वकासाथ ल्होछार मनाउँदछन् ।

यसरी नेपालको उच्च पहाडी भेग र पहाडि भेगमा बसोवास गर्ने तामाङ समूदाय लगायत उत्तर छिमेकी मुलक चीन सहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि यस दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्षको रूपमा मनाउने गर्दछन् । तामाङहरुलाई प्रकृतिप्रेमी समूदायकारुपमा चिनिन्छ, विशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । यस समूदायमा आज छोरीचेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ । विक्रम सम्वत् २०६४ साल यता सोनाम ल्होछारलाई राष्ट्रिय पर्वस्वरुप नेपाल सरकारले सार्वजनिक विदा दिंदै आएपनी गत बर्षदेखी भने विदा काटिएको छ । सोनाम ल्होछार राष्ट्रिय पर्व भएका कारण राष्ट्र प्रमुखदेखि अन्य विशिष्ट ओहोदाका व्यक्तिहरुले समेत शुभकामना सन्देश दिने चलन छ ।

ल्होछार मनाउने समूदायमा ‘ल्हो’ अर्थात् वर्षहरु बाह्रवटा हुन्छन् । ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ, मुसाबाट शुरु हुने यि वर्षहरु जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ । बाह्र वर्गका वर्षहरुलाई बाह्र राशीका रूपमा पनि लिने गरिन्छ । नेपालमा ल्होछार मनाउने प्रचलन चीन तथा चीन प्रशासित राज्यबाट भित्रिएको मानिन्छ, किनभने चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई बिभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ । त्यसो त तामाङ समूदायले चिनीयाँ पात्रोभन्दा बेग्लै अनि मौलिक आफ्नै पात्रोको प्रयोग गर्ने गर्दछन् जसलाई ‘चन्द्र पात्रो’ भनिन्छ । बौद्ध धर्म अनुसार तामाङ जाती महायान सम्प्रदायका हुन् ।

तामाङहरुका अलवा ल्होछार पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातीले मनाउँदछन् । गुरुङले मनाउने ल्होछारलाई तमु ल्होछार, तामाङ लगायतका जातिले मनाउनेलाई सोनाम ल्होछार, शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होछारलाई ग्याल्पो ल्होछार भनिन्छ । सोनाम ल्होछार पर्व तामाङ जातीहरु पुगेका नेपाल सहितका अन्य मुलुकहरु सिङ्गापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापान लगायतका देशमा मनाइदै आएको छ । आजको दिन यी देशहरुका अधिकांश वौद्धविहारहरु रगिंन र उल्लासमय हुन्छन्, रंगीन सजावटका ध्वजा पताका अनि पुष्पद्वारलगायत अन्य मनमोहक सजावटले आज वौद्धविहार बडो गज्जब देखिन्छ । मुख्यतया डाँडाकाँडामा भएका नेपाली बौद्धविहारहरुमा गरिएको यस्तो सजावटले परैबाट आँखा तान्दछ, असिम आनन्दको अनुभुती हुन्छ ।

माघ शुक्ल प्रतिपदाको दिन मनाइने पर्व नै सोनाम ल्होछार हो, संवतले जेसुकै भनेपनी शुभकामना अनि रौनकता भने महिनाभरि नै रहन्छ । सोनाम ल्होछारका अवसरमा घर बस्तीहरु सफा गरी वुद्धका चित्रहरु अंकित ध्वजापताकाहरु टाँगेर वुद्धको पूजाअर्चना गरिन्छ । कतिपय ठाउँमा जात अनुसारका गाउँका लामा र मुखियाको उपस्थितमा सबैजना एकै ठाउँमा भेला भई नाचगान रमाईलो पनि गरिन्छ । यसरी गाईने अनि नाचिने गीतहरूलाई ‘तामाङ सेलो’ भनिन्छ, सुस्तरि तर वडो मधूररुपमा गाईने यस्ता सेलोहरुमा डाँडापाखा, कन्दरा अनि दैनिक जीवन भोगाई लगायत माया प्रेमका भावनाहरु पनि समावेश हुन्छ । डम्फु चाँही यस समूदायको हस्ताक्षर बाजा हो ।

डम्फू अनि सेलोको सुमधूर मिश्रण मनमोहक हुन्छ । धेरैजसो यस्ता सामूदायीक कार्यक्रमहरु खुला आकाशमुनि गरिन्छ, परम्परागत पहिरनमा सजिएका तामाङ समूदायका ब्यक्तिहरु लगायत अन्य सबै समूदाय अनि सबै धर्मका ब्यक्तिहरुलाई यस समूदायले खुल्ला हृदयले स्वागत गर्दछन् । नकारात्मक तत्वहरुलाई हटाउनका लागि, आशा जगाउने सकारात्मक तत्वहरु अनि शक्तिहरुलाई डाँक्नकालागि यस दिन विभिन्न तान्त्रिक विधी अनि मुखौटा लगाएर नृत्य पनि गरिन्छ । लामाहरुसंग आशिष लिएर आजको दिन वर्षभरिकालागि शुभ साईतको अपेक्षा राखिन्छ, काठमाण्डौमा भने यस दिन टुँडिखेलबाट र्‍याली निकालिन्छ अनि तिन दिन लामो मिस तामाङ कार्यक्रमको शुरुवात पनि गरिन्छ । यसरी विभिन्न कार्यक्रम लगायत मेलाहरु आयोजना गरिँदै अनि शुभकामनाहरु आदान प्रदान गर्दै तामाङ समूदायले सैयौं वर्ष पुरानो आफ्नो संस्कार अनि पहिचानलाई पुस्तौं पुस्तासम्म सफलतापूर्वक कायम राख्दै आएका छन् ।

सुँगुर, हाँस, कुखुरा, खसि लगायतका विभिन्न परिकारका मासुहरु तैयार पारीने यस विशेष उत्सवमा विभिन्न गुलिया मिठाईहरु बनाएर आजको दिन घरघरमा भोज गर्ने अनि आफन्त भेट्ने चलन रहेको छ । सामूदायिक रुपमा पनि समूदायका सबैजना एकैठाँउमा भेला भएर चाडबाड मनाउने अनि सरल अनि सभ्य रुपमा मिलनसार प्रवृत्तिको संस्कार अनि सन्देश दिने तामाङ समूदायहरु वास्तवमै एउटा अनुकरणीय समूदाय हो ।

धन्यवाद !

सोनाम ल्होछारको सम्पुर्णलाई शुभकामना !

  • खुल्लापाना
  • ल्होछार
  • विशाल श्रेष्ठ
  • प्रतिक्रिया दिनुहोस
    विचार/अन्तरवार्ता सम्बन्धि थप
  • सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

  • लोकतान्त्रीक शक्तिको जितकाे लागि पनि मैले जित्नुपर्छ-दीपक थापा

    लोकतान्त्रीक शक्तिको जितकाे लागि पनि मैले जित्नुपर्छ-दीपक थापा

  • सिन्धु कांग्रेसमा गोर्खालीको ‘डेव्यु’

    सिन्धु कांग्रेसमा गोर्खालीको ‘डेव्यु’

  • मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    • ताजा अपडेट
    • २४ घण्टामा

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    मालिकादेवि कपको फाइनलमा साँगाचोक र चौतारा भिड्दै, मन्त्री दुलालले समापन गर्ने

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    समाचार
    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0