Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २२, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

डा. सागरकाे सिन्धुपाल्चाेककाे भुकम्प अनुभव

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ माघ २६, सोमबार (१ साल अघि)
डा. सागरकाे सिन्धुपाल्चाेककाे भुकम्प अनुभव

काठमाडौं,२६ माघ ।

२०७२ सालको भूकम्पमा सिन्धुपाल्चोकको चौतारा अस्पतालमा कार्यरत थिए, डा. सागरकुमार राजभण्डारी

भूकम्पका घाइतेहरूले खचाखच भरिएको थियो अस्पताल। कोही चोट लागेका कोही अंगभंग भएका। घाइतेहरूको छटपटाहट उस्तै।

डा. सागर टोलीसहित घाइतेको उपचारमा खटिए। तर, सामान्य अवस्थाजस्तो उपचार सहज थिएन। अस्पतालमा दिनहुँ घाइतेहरू थपिँदा उपचारमा चुनौती बढेको थियो।

तैपनि उनको टोलीले हरेस खाएन। भोकप्यास नभनी केवल उपचारमा जुटिरह्यो।

उपचारमा खटिएको तीन दिनमा आफूले खाना खाएको डा. सागर सम्झन्छन्।

‘भूकम्प गएको तेस्रो दिनसम्म पनि मैले केही खाएको थिइनँ,’ उनले सम्झिए, ‘तेस्रो दिन बिहान कसैले बोडीको तरकारी कचौरामा राखेर ल्याइदिनुभयो। त्यही तरकारीसँगै चिउरा खाँदा आँसु झरेको थियो।’

त्यतिबेला उनको टोलीले टेण्टमा बसेर २४ सैं घण्टा उपचार गर्नुपरेको थियो। साथै, गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं पठाउनुपर्थ्यो।

त्यतिबेला जताततै शव देखिन्थे। घाइतेहरूको छटपटाहट सुनिन्थ्यो। त्यो कहालीलाग्दो क्षण सम्झदा अहिले पनि उनको मन झसंग हुने गरेको छ।

‘एकै ठाउँमा ३५र३६ वटा शव थिए। तीमध्ये ५र६ एकै परिवारका। घरहरू ध्वस्त थिए,’ काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मंगलबार दिउँसो उनले भूकम्पको घटना सम्झिए।

त्यो घटनाले उनको मन अझै पनि चहर्याउने गरेको छ। उकेरासँग कुरा गरिरहँदा पनि उनी १ मिनेट बोल्नै सकेनन्। उनका आँखासमेत रसाए। त्यसपछि उनले आँसु पुछे। र, विस्तारै सहज बन्ने प्रयास गर्दै कुरा गर्न थाले।

उनी भूकम्प विस्थापितलाई खानेकुरा र पानीको व्यवस्थापनमा पनि खटिए। ‘भूकम्पबाट विस्थापित भई चौरमा बसेका हजारौं मानिसलाई खानेकुरा, पानीको व्यवस्थापन गरिदिनुपथ्र्यो,’ उनले सम्झिए।

सिन्धुपाल्चोकैकै अर्को घटना पनि भुल्न सक्दैनन् उनी। सिन्धुपाल्चेकको जुरे पहिरो (२०७०र०७१ तिर) जाँदा डा. सागर त्यहीँ थिए। पहिरोमा परी हराइरहेकाहरूको शव ४र५ दिनपछि पनि भेटियो।

‘कसैको हात मात्रै भेटिन्थ्यो। कसैको (शव) अनुहारै चिनिँदैनथ्यो। कसैको आन्द्रा, भुँडी निस्किएको भेटिन्थ्यो,’ उनले सम्झिए। उनलाई त्यो घटना सम्झँदा अहिले पनि शरीर जिरिंग हुन्छ उनको।

‘सुत्केरी बाँचिनन्’

चिकित्सकीय पेशामा रहँदा अर्काे घटना पनि कहिल्यै भुल्दैनन् उनी।

पर्वतमा करिव ११ वर्षअघि ३१ वर्षकी महिलाको बच्चा जन्मिएपछि साल झर्ने बेलामा पाठेघरै बाहिर निस्किएछ।
उपचार गर्दा पनि ती महिलालाई बचाउने प्रयास विफल भयो।

उनले भने, ‘बच्चा बाँच्यो। तर, आमाको मृत्यु भयो।’

त्यसो त बिरामीको उपचार गर्ने बेलाका सुख–दुःखका घटना साँचेका छन् उनले। पर्वतमा उपचार पाएर बाँचेका एक बिरामीले पूजा गर्नलाई उनको फोटो मागेछन्।

डा. सागरले सुनाए, ‘स्टाफहरूसँग फलानो डाक्टरको फोटो छ की छैन भनेर माग्दा रहेछन्। स्टाफले किन भनेर सोध्दा पुजा गर्न भन्थे रे।’

हेल्थ असिस्टेन्ट हुँदै डाक्टर

उनी हेल्थ असिस्टेन्ट हुँदै डाक्टर भएका हुन्। एसएलसीपछि हेल्थ असिस्टेन्ट (एचए) पढ्न काठमाडौंको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान हानिए। उनी २०३९ सालमा एचए उत्तीर्ण भए।

त्यो समयमा चर्काे प्रतिष्पर्धा हुने उनी सम्झन्छन्। ‘निकै प्रतिष्पर्धा हुन्थ्यो। हामीसँग पढ्ने फस्टहरू र सेलेक्टेड मात्रै हुन्थे।’

एचए गरेपछि गाउँ फर्किएर दुई वर्ष उनका बुवालाई व्यापार गर्न सघाए। उनलाई आफ्नो पढाइ अनुसार काम नभएको महसुस भयो। त्यसपछि २०४१ सालमा उनी जागिरे पनि भए। जागिरे भएपछि बागलुङको राङखानी हेल्थपोस्टमा काम गर्न खटाइयो। त्यहाँ गएको अर्को वर्ष उनी स्थायी जागिरे भए। हेल्थपोस्टमा उनी र एक जना कार्यालय सहयोगी थिए।

त्यो समयमा डिस्पोजेबल सिरिन्ज (सुइँ) थिएनन्। प्रयोग गरिसकेपछि सुई उमालेर सफा गरेर अर्कोपटक प्रयोगका लागि राख्नुपथ्र्यो। यतिसम्म की सुइँको टुप्पो ढुंगामा घोटेर तिखो पारेर राख्नुपथ्र्यो।

सागरले त्यो समयको क्षण सम्झँदै भने, ‘निडिल ढुंगामा घोटेरे चुच्चो बनाइन्थ्यो।’

त्यतिबेला बिहान ८ बजेदेखि साँझसम्मै हेल्थ पोष्ट खोल्थे। त्यो बेला एक दिनमा करिव ९० जना बिरामीको उपचार गरेको उनी सम्झन्छन्।

त्यसपछि उनी काजमा हेल्थ असिस्टेण्टका रूपमा जिल्ला अस्पताल, बाग्लुङ पुगे। त्यो बेला डाक्टरले हेपेपछि आफूले एमबिबिएस पढेको उनी सुनाउँछन्।

उनले घटना सुनाए– त्यो बेला शल्यक्रियाको केस म्यानेजमेन्ट प्रोटोकोल अनुसार गरौं भनेँ। तर, डाक्टरहरूले मानेनन्। एक जनाले त ‘बढी जान्ने न हो’ भन्दै झपारे। डाक्टरको त्यो बोलीले चित्त दुख्यो। र, फर्किए, राङखानी हेल्थपोस्ट। त्यसपछि एमबिबिएस गर्ने सोच आयो।

त्यसको केही समयपछि उनले युक्रेनको अडेसा स्टेट मेडिकल युनिभर्सिटी (तत्कालिन सोभियत संघ) मा एमबिबिएसका लागि छात्रवृत्तिमा निवदेन दिए। र, छनोट भए। त्यसपछि युक्रेन गएर एमबिबिएस पढे उनले।

एमबिबिएस पढ्दा ३० शवको चिरफार

उनले युक्रेनमा २०४५ सालदेखि २०५२ सालसम्म एमबिबिएस अध्ययन गरे।

एचए भएपछि नै हेल्थ पोस्टमा पोष्टमार्टम गर्न थालेका उनले एमबिबिएस पढ्दा कम्तीमा ३० वटा लास चिरफार गरे। उनले भने, ‘एमबिबिएस पढ्दा हरेक विद्यार्थीले ३० वटा लास चिर्नै पथ्र्यो।’ कारण थियो– हरेक अंगको अध्ययन गर्न।

एमबिबिएस सकेर नेपाल

एमबिबिएसपछि उनी नेपाल फर्किएर नवलपरासीको परासी अस्पतालमा काम गरे। त्यसपछि २०५६ सालसम्म त्यहीं काम गरे। जापान गएर डेढ वर्ष ‘द रिसर्च इन्टिच्युड अफ ट्युबरकोलोसिस’ पुगेर टिबी सम्बन्धि तालिम लिए।

त्यहाँबाट फर्किएर आएपछि बुटवलको लुम्बिनी अञ्चल अस्पताल सरुवा भए। त्यसपछि उनी बढि क्षय रोग र फोक्सोका बिरामीको उपचारमा केन्द्रित भए। २०५७ सालसम्म त्यहीँ काम गरे। त्यहाँबाट पनि सरुवा भएर जिल्ला अस्पताल, सल्यान पुगे।

धागोले बाँधेर बंगाराको उपचार

द्वन्द्वकालमा जिल्ला अस्पताल, सल्यानमा रहँदा उनी एउटा केस सम्झन्छन्। करिब २० वर्षीय युवाको लडेर बंगारा भाँचिएको रहेछ।

उनी त्यसपछि केही हप्तापछि मात्रै अस्पताल पुगे। तर, अस्पतालमा भाँचिएको बंगाराको उपचार गर्ने साधन थिएन। उनी उपचार कसरी गर्ने भन्ने दोधारमा परे।

उनले एउटा नाइलनको धागो भेटे। त्यसपछि ती युवाको बंगरा बाँधे उनले। डा. सागरले भने, ‘त्यही उपलब्ध थियो।’
पछि उनको बंगारा ठिक भएछ।

उक्त अस्पतालमा उनले २२ महिना प्रमुखको भूमिकामा रहेर काम गरे।

उनी २०५९ सालमा जिल्ला अस्पताल, म्याग्दी सरुवा भए। त्यही क्रममा उनी त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान, काठमाडौंमा एमडी अध्ययनका लागि पुगे। २०६२ सालमा एमडी उत्तीर्ण गरेर पुनः म्याग्दी फर्किए। र, त्यहाँ अस्पतालमा प्रमुखको भूमिकामा काम गरे।

म्याग्दीपछि जिल्ला अस्पताल बाग्लुङ पु्गेका उनले त्यहाँ तीन वर्ष सेवा गरे। त्यसपछि जिल्ला अस्पताल पर्वतमा चार वर्ष काम गरे। त्यसपछि उनी सिन्धुपाल्चोक चौतारा अस्पताल सरुवा भए।

त्यसपछि उनी बागलुङ अञ्चल अस्पताल पुगे। त्यसपछि भक्तपुरमा रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, भक्तपुरको निर्देशक हुँदै गत वर्ष शुक्रराज ट्रपिकल तथा सरुवा रोग टेकुमा सरुवा भएका छन्। उकेराबाट

  • खुल्लापाना
  • डा. सागरकुमार राजभण्डारी
  • भुकम्प
  • सिन्धुपाल्चाेक
  • प्रतिक्रिया दिनुहोस
    विचार/अन्तरवार्ता सम्बन्धि थप
  • लोकतान्त्रीक शक्तिको जितकाे लागि पनि मैले जित्नुपर्छ-दीपक थापा

    लोकतान्त्रीक शक्तिको जितकाे लागि पनि मैले जित्नुपर्छ-दीपक थापा

  • सिन्धु कांग्रेसमा गोर्खालीको ‘डेव्यु’

    सिन्धु कांग्रेसमा गोर्खालीको ‘डेव्यु’

  • मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

  • युग सुहाँउदो विकासको छलाङ मारिनेछ — सीता थापा

    युग सुहाँउदो विकासको छलाङ मारिनेछ — सीता थापा

    • ताजा अपडेट
    • २४ घण्टामा

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

    समाचार
    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0