Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ७, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

जनैको अर्थ, इतिहाँस र अबमुल्यन

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ भाद्र ७, सोमबार (९ महिना अघि) ९ पटक पढिएको
जनैको अर्थ, इतिहाँस र अबमुल्यन

हामीले प्रयोग गर्ने निर्जीव वस्तुहरूको पनि जीवन हुन्छ । तिनीहरूसँग हाम्रा भावना, अर्थ, अपेक्षा, संझना, घृणा, प्रेम जोडिएका हुन्छन् । वस्तुले आफ्नो अर्थ आफैँ बनाउँदैनन बनाउने नै भएपनि हामी त्यो बुझ्न सक्दैनौँ तर हरेक वस्तु अर्थपूर्ण हुन्छन । जनै त्यस्तै वस्तुहरूमध्ये एउटा वस्तु हो जसमा अनेकन अर्थहरू जोडिएका छन् ।

सनातन वैदिक परम्परामा जनैको विशेष महत्व छ । सृष्टीको प्रारम्भदेखी नै  जनै धारण गरेको इतिहाँस भेटिन्छ । जनैलाइ यज्ञोपवित, यज्ञसुत्र र ब्रह्मसुत्र पनि भनिन्छ । हिन्दुको १६ संस्कार र अन्य देव, पितृ वा कुनैपनि पुजाकर्ममा जनैको अपरिहार्यता रहन्छ । जनैविना कुनैपनि यज्ञ सम्पन्न हुदैनन भने जनै नलगाएसम्म यज्ञको अधिकारी भइदैन । जनै लगाएर मात्र पनि यज्ञको अधिकारी बनिदैन, त्यसका नियम अनि आचरणको पनि पालना गर्नुपर्छ । जनै धारणका साथसाथै  नियमको पालना भयोभने त्यसमा देवत्व रहन्छ । अन्यथा सामान्य डोरी भिर्नु र जनै लगाउनुमा केही भिन्नता हुदैन ।  तसर्थ जनै के हो जनै कसरी निर्मित हुन्छ जनै लगाउनुको तात्पर्य एवं आध्यात्मिक व्यवहारिक पक्ष के हुन भन्ने बिषयमा हामी स्पष्ट हुनुपर्छ ।

जनैको इतिहाँसलाइ सृष्टिकर्ता ब्रह्मा जी कै इतिहाँससंग जोडीएको पाइन्छ । श्रीमद्भागवत, महापुराण र अन्य शास्त्रहरुमा रामचन्द्र, श्रीकृष्ण, कपिल जस्ता भगवानहरुले यज्ञ कर्मगर्दा यज्ञोपवित धारण गरेको प्रसङ्ग राखीएको छ । यही परम्परालाइ त्यसपछीका ऋषिहरु र अहिलेका हामीहरुले अनुशरण गर्दै आइरहेका छौ ।

जनैलाई संस्कृतमा यज्ञोपवित भनिन्छ । यज्ञोपवित हिन्दुत्वको पहिचान हो। यज्ञसुत्र वा यज्ञोपवित नाम नै अर्थपुर्ण छ । यज्ञार्थं योग्य सुत्रम यज्ञसुत्रम् अर्थात यज्ञका लागि योग्य सुत्र नै यज्ञसुत्र हो । सामान्य भाषामा भन्दा यज्ञकर्मद्वारा यज्ञकै लागि पवित्र बनाइएको सुत्र । जनै पूर्णिमाका दिन वेदपाठ, रुद्राभिषेक आदि गरेर वैदिक मन्त्रबाट अभिषेक गरी यज्ञोपवित निर्माण गरिने शास्त्रीय विधान छ ।

जनै लगाउने परम्पराको पछिल्ला बर्षहरुमा अबमुल्यन हुन थालेको छ । धर्मशास्त्रहरुले जनै लगाइदिने अधिकार पवित्र ब्राह्मणहरुलाइ छ । ब्राह्मण नभए पुजनियहरुलाइ दिएको छ तर पछिल्लो समय तिब्बती बौद्ध लामा, देखी क्षत्रिय तथा शेर्पाहरुले समेत ब्राह्मणहरुलाइ जनै लगाएका तस्बिरहरु सामाजिक संजालमा सार्वजनिक हुन थालेका छन । यो हिन्दुधर्म र  संस्कार माथि कै प्रहार हो । यो हिन्दु धर्मशास्त्रमा भएको स्वतन्त्रताको दुरुपयोग हो । यसरी जनै लगाउनुको धार्मिक अर्थ रहदैन र यसरी जनै धारण गर्नेहरु देव पितृ तथा कुनैपनि यज्ञको लागि अपवित्र हुन्छन । तर तपाइलाइ कसैले कार्बाही गर्दैन । हिन्दु धर्ममा स्वतन्त्रता भएकै कारण अन्य धर्मालम्बीहरुले यस धर्ममाथि पटकपटक प्रहार गरेको पाइन्छ ।

जनै लगाउने प्रचलन कसैको लहलहैमा चलेको होइन । ब्रह्मतत्वको ज्ञान अनि यज्ञयादिको पात्रका लागि यो परम्परा आदिकालदेखी नै चलिआएको हो । देख्दा शरिरमा सामान्य धागो भिरेजस्तो लागेपनि यो सामान्य धागोमात्र होइन । बिशेष विधिले निर्माण गरेर वेदमन्त्रद्वारा अभिमन्त्रित गरि देवत्वको आह्वानका साथ तयार पारिएको सुत्र हो । प्राचिन कालमा ब्राह्मणले कपासबाट निर्मित, क्षत्रियले सनपाटबाट र वैश्यले उनको धागोबाट निर्मित जनै लगाउने परम्परा भएतापनि हाल सबैले धागो वा कपासबाट निर्मित जनै धारण गरेको पाइन्छ ।

जनैको अर्को नाउँ ब्रह्मसूत्र हो । ब्रह्म भनेको चराचर जगतको मुल कारण परमेश्वर र सुत्र धागो, यि दुइ शब्दले ब्रम्हसुत्र  बनेको हो । स्मृतिमा ब्रह्माले निर्माण गरी विष्णुले तीन गुण (ज्ञान, उपासना तथा कर्मकाण्ड) युक्त बनाएको तथा शिवले तीन ग्रन्थि (गाँठा) पार्नु भएपश्चात् गायत्रीमाताले अभिमन्त्रित गरी रक्षाकवच बनाएको उल्लेख पाइन्छ । तसर्थ जनैमा ब्रह्मा, विष्णु र महेश्वर तीनै देवता एवम् गायत्रीमाताको निवास रहन्छ भन्ने शास्त्रीय मान्यता पाइन्छ ।

जनैको महत्त्व वेद, उपनिषद्, पारस्करगृह्यसूत्र, स्मृतिहरू सबैतिर उल्लेख भएको पाइन्छ । ऋग्वेदको मन्त्रलाई उद्धृत गर्दै पारस्करगृह्यसूत्रमा जसरी बृहस्पतिले इन्द्रलाई यज्ञोपवित दिएर आयु (इन्द्रासनको आयु), बल, बुद्धि तथा समृद्धि प्रदान गरे त्यसरी तिमी पनि आयु, वर्चस् (तेज), शौर्य, बल, बुद्धि र समृद्धि प्राप्तिका लागि जनै लगाऊ भनिएको छ ।

ऋग्वेदका अरू मन्त्रमा पनि यज्ञोपवितको शक्ति महान् छ, यसले मानिसलाई सत्कर्मको प्रेरणा, शुद्ध चरित्र, अनुशासन, निष्ठा, कठिन कर्तव्यपालनका लागि सामर्थ्य प्रदान गर्छ भनिएको छ । यसलाई धारण गर्ने व्यक्तिले सहजै मोक्ष प्राप्त गर्छ । अग्नि समान तेजस्विता, सूर्यसमान शौर्य, चन्द्रसमान शीतलता, दिव्यगुण एवम् सदा प्रसन्नता र उच्च मनोवल प्राप्त गर्न सधैं जनै लगाउनुपर्छ भन्नेकुरा वेदवाक्यबाट  समेत पुष्टि हुन्छ ।

वेद र गृह्यसूत्रले सधैं सत्य बोल्ने प्रेरणा प्राप्तिका लागि पनि जनै लगाउनुपर्ने भन्छन् । यसलाई मनोवैज्ञानिक कोणबाट पनि प्रमाणित गर्न सकिन्छ । जो सधैं जनै धारण गर्छ, जो सधैं सत्यनिष्ठामा रहन्छ, उसको मनोविज्ञान सधैं उँचो रहने व्यवहारबाट बुझ्न सकिन्छ ।

जनैमा ९ डोरा हुन्छन, तीमध्ये पहिलोमा ॐकार, दोस्रोमा अग्नि, तेस्रोमा नाग, चौथोमा चन्द्र, पाँचौंमा पितृहरू, छैटौंमा प्रजापति, सातौंमा अग्नि (कतै वायु पनि लेखिएको), आठौंमा सूर्य एवम् नवौं तन्तुमा विश्वदेवको आवाहन गरिन्छ । साथै तीन गाँठामा ब्रह्मा, विष्णु र महेश्वरलाई आवाहन एवम् पूजा गरिन्छ । यसकारण अभिमन्त्रित जनैमा बस्ने यी देवताले धारकलाई आफूमा विद्यमान शक्ति र सामथ्र्य प्रदान गर्छन् भन्ने शास्त्रीय वचन पाइन्छ । यि ३ ग्रन्थिलाइ ३ लोक अग्नि स्वर्ग, मर्त्य, पातल समेतका रुपमा व्याख्या गरेको पाइन्छ ।

यज्ञोपवित कति डोराको लगाउने भन्ने विषयमा शास्त्रमा फरक–फरक व्यवस्था देखिन्छ । हेमाद्रि लगायतका ग्रन्थमा ब्रह्मचारी र संन्यासीले ३ डोरा, वानप्रस्थी तथा उत्तरीय वस्त्र (गाम्छा आदि) लगाउने गृहस्थले ६ डोरा एवम् उत्तरीय नलगाउने गृहस्थले चाहिं ९ डोराको जनै धारण गर्नुपर्ने उल्लेख छ । ब्रह्मचारीले समावर्तन पश्चात ६ डोराको जनै लगाउनुपर्ने हो तर नेपाली समाजमा व्रतबन्धकै दिन समावर्तन विधि पूरा गरिन्छ । त्यसै दिनदेखि उनीहरू ६ डोराका जनै लगाउने गर्छन् ।

जनै कम्मरभन्दा मुनि जानु हुन्न र माथि पनि उठेको हुनु हुन्न भन्ने ऋषि वशिष्ठले उल्लेख गरेका छन् । जनै पुरानो भएपछि कति दिनमा विसर्जन गर्ने भन्ने विषयमा पनि स्मृतिकारबीच मतभेद देखिन्छ । एक थरीले ६ महिनामा फेर्ने भनेका भए पनि नेपालमा चाहिं सुतकबाट चोखिएपछि, मरणको आशौचपछि अथवा चार महिना पुगेपछि जनै फेर्ने मान्यता देखिन्छ ।

व्यावहारिक दृष्टिबाट हेर्ने हो भने ऋषिहरूले आर्यलाई अरूबाट छुट्याउन शिखा र सूत्र (जनै) व्यवस्था गरेका हुन् । त्यसैले यो आर्यत्वको चिनारी हो । हिन्दु जात व्यवस्थामा उच्च जात मानिने ब्राम्हण, क्षेत्रिय लगायतका समूहलाई ‘दुईपटक जन्मिने जात’ भनिन्छ । अर्थात्, उनीहरूको जन्म दुईपटक भएको मान्यता छ । एकपटक प्राकृतिक रूपमा जन्मेपछि र अर्को ब्रतबन्ध गरेर जनै लगाएपछि । दुईपटक जन्मिने जात शुद्ध र विशिष्ट हो । यो शुद्धता र विशिष्टताको सबैभन्दा प्रस्ट संकेत जनै हो ।

जनैको सिधा सम्बन्ध व्रतबन्धसँग देखिन्छ । यज्ञोपवित धारण व्रतबन्धमै सुरु हुन्छ । व्रतबन्धको अर्थ हो– अनुशासनमा बाँधिनु । जनैको अर्को सम्बन्ध शिक्षारम्भसँग पनि गाँसिएको छ । प्राचीनकालमा ७–८ वर्ष पुगेका बालकलाई जनै लगाइदिएर गुरुकहाँ पढ्न पठाउने चलन थियो । तर हाल प्राय वयस्क भएपछि मात्र ब्रतबन्ध गरिन्छ ।

समय अनुसार धार्मिक मुल्य मान्यतामा परिवर्तन हुँदै गएका छन यसलाइ साँस्कृतिक रुपान्तरणको रुपमा बुझ्न सकिन्छ । तर साँस्कृतिक रुपान्तरणको फाइदा उठाउँदै परसंस्कृतिकरण तथा साँस्कृतिक विचलन भने हुनु हुदैन । यस्ता कार्यले जनैको अपमान मात्र गर्दैन सिंगो हिन्दु धर्मको धार्मिक बिशेषतामाथि नै प्रहार गर्छ । हरेक धर्मका अनुयायीहरुले खराब संस्कारहरुलाइ बहिस्कार गरी र असल संस्कृतिलाइ अनुसरण गर्नुपर्छ । तर परिवर्तनको बाहानामा पटकपटक हिन्दुहरुको संस्कारलाइ प्रभाव पारि मुलुकलाइ इसाइकरण गर्नेतर्फ भने हिन्दुत्वबादीहरु सजग र सचेत हुनुपर्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
विचार/अन्तरवार्ता सम्बन्धि थप
  • युग सुहाँउदो विकासको छलाङ मारिनेछ — सीता थापा

    युग सुहाँउदो विकासको छलाङ मारिनेछ — सीता थापा

  • सबैको साथ र समर्थनले हाम्रो जित सुनिश्चत छ- महेश धिताल

    सबैको साथ र समर्थनले हाम्रो जित सुनिश्चत छ- महेश धिताल

  • आगामी स्थानीय तह निर्वाचनमा कस्ता नेतृत्वलाई भोट दिने ?

    आगामी स्थानीय तह निर्वाचनमा कस्ता नेतृत्वलाई भोट दिने ?

  • काँग्रेसमा मोहन बस्नेतको उम्मेदवारी किन?

    काँग्रेसमा मोहन बस्नेतको उम्मेदवारी किन?

    • ताजा अपडेट
    • २४ घण्टामा

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0