स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१६ भदौ, चौतारा ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाकी उपमेयर भगवती नेपालले जिल्लामा नेकपा एमाले र नेकपा एकिकृत समाजवादीको अवस्था आधाआधा हुने बताएकी छिन् । बुधबार जिल्ला निर्वाचन कार्यालयमा समाजवादीमा प्रवेश गर्नको लागि सनाखत हस्ताक्षर गर्दै नेपालले सो कुरा बताएकी हुन् ।
बुधबार उपमेयर नेपालसहित चौतारा साँगाचोकगढी नगरपालिका वडा नंं. १०का वडाध्यक्ष बेलबहादुर महतले समाजवादी पार्टीको लागि सनाखत गरेका थिए । सनाखतपछि उपमेयर नेपालले अहिले कती जनाले हस्ताक्षर गरे भन्ने महत्वपुर्ण नभएको बताइन् । कती जना जनप्रतिनिधि कता गए भन्दा पनि आम जनताको उपस्थितिले मात्रै पार्टीको वास्तविक शक्ति थाहा हुने नेपालले बताइन् ।
आफुले सत्यको बाटोमा लागेर नै नेकपा एकिकृत समाजवादी पार्टी रोजेको उनले बताइन् । अहिलेसम्म कम्युनिष्ट आन्दोलनले पुर्णता नपाएको र त्यसलाई आफुले रोजेको दलले मात्रै पुर्णता दिनसक्ने नेपालले बताइन् ।
भीडियोः
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८