Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ७, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

काँग्रेसमा मोहन बस्नेतको उम्मेदवारी किन?

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ मंसिर २५, शनिबार (५ महिना अघि) ३४ पटक पढिएको
काँग्रेसमा मोहन बस्नेतको उम्मेदवारी किन?

२५ मंसिर , काठमाडौं ।
नेपाली काँग्रेसको चालू महाधिवेशनमा खुल्ला तर्फबाट केन्द्रीय सदस्य पदको उम्मेदवार बनेका मोहनबहादुर बस्नेतले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

शेरबहादुर देउवा प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका बस्नेतले सामाजिक सञ्जाल मार्फत आफ्नो घोषणापत्र सार्वजनिक गरेका हुन् ।

यस्तो छ बस्नेतको घोषणापत्र :

आदरणीय महाधिवेशन प्रतिनिधि ज्युहरु, महासमिति सदस्य ज्युहरु, जिल्ला र क्षेत्रीय सभापति ज्युहरु लगायत लोकतन्त्र प्रेमी सम्पुर्ण काङ्ग्रेसी साथीहरु,

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा मैले केन्द्रिय सदस्य (खुल्ला) तर्फबाट उम्मेद्बारी दिएको जानकारी गराउदै सदाका दिनहरुमा झैं तपाईंहरुको साथ, सहयोग र भरोसाको अपेक्षा राख्दछु ।

साथै, तपाईंहरुलाई मेरो उम्मेद्बारी किन भन्ने बारेमा केही कुरा जानकारी गराउदछु:

१) नेपाली काङ्ग्रेसको संगठन प्रणालीलाई चुस्त, दुरुस्त र चलायमान बनाई पार्टीलाई शसक्त रुपमा विपक्षी दलहरू संग भिड्नको लागि तयार बनाउने कार्यमा पहलकदमी लिन,

२) आसन्न प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसलाई बहुमत सहितको पहिलो पार्टिको रुपमा स्थापित गर्ने आधारहरु निर्माण गर्ने कार्यमा सृजनात्मक ढंगबाट कदमहरु चाल्न,

३) गरिब, दु:खी, असाहय, घरबार विहिन, बाढी पहिरो भुकम्प आगलागी हुरीबतास जस्ता प्रकृतिक विपत्तिहरुमा “पहिला जनता बचाउँ, राजनीति पछि गरौंला” भन्ने भावका साथ आफैंले सदाका दिनहरूमा झैं निरन्तर कार्य गरी पार्टी पङ्तिलाई काम गर्नको लागि उत्साहित बनाउन र विपत्तको घडिमा देशका जुनसुकै स्थानमा छिटोछरितो सर्वसुलभ सेवा दिनको लागि पार्टीको नाममा हेलिकप्टर व्यवस्थापन गर्ने कार्यमा पहलकदमी लिन,

४) नेपाली काङ्ग्रेसका सम्पुर्ण तह र तप्काका नेताहरुलाई दिगो विकासका अवधारणा अबलम्बन गर्दै गाउँ, बेसी, शहरहरुमा विकासको लहर फैलाउने खालका गतिविधि संचालन गर्न उत्प्रेरित गराउन,

५) युवा तथा तरुण साथीहरु विदेश पलायन हुन पर्ने बाध्यात्मक परिस्थितिलाई क्रमशः न्यूनीकरण गर्ने परिस्थिति निर्माण गर्दै देशमा केही काम गर्न सक्ने वातावरण निर्माण गर्न पार्टी पङ्ती संग सहकार्य गर्ने र युवा लक्षित खेलकुदका गतिविधिहरुमा व्यापक रुपमा लाग्न उत्प्रेरित गर्ने खालका कार्य गर्न पार्टी पङ्तिलाई अग्रसर गराउने कार्यमा पहलकदमी लिन,

५) पार्टीका स्रोत साधनहरुलाई उचित परिचालन गर्ने खालका कार्य योजना बनाई उक्त कार्य योजनाहरुलाई प्रभावकारी ढंगबाट कार्यन्वयन गराउने कार्यमा पहलकदमी लिन,

६) देशमा शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पुर्वाधार, खानेपानि लगायत विभिन्न खालका विकासका पुर्वाधारहरु पर्याप्त रुपमा उपलब्ध गराई नागरिकहरुको मुहारमा खुसीको प्रत्याभूति गराउने कार्य गर्न पार्टी पङ्तिलाई अग्रसर गराउन,

७) देशको अर्थ व्यवस्थालाई मजबुत बनाउने र रोजगारी दिने खालका सबै व्यवसायीहरुलाई सम्मानित गर्दै नेपाल राष्ट्र निर्माण गर्ने कार्यमा अग्रसर गराउन पार्टी पङ्ती संग समन्वय गरि उचित कदम चाल्न,

८) समयसापेक्ष स्वदेश तथा विदेशमा रहनु भएका नेपाली दिदिबहिनी दाजुभाईहरुको समस्यामा आधारित भई संगठनात्मक र रचनात्मक ढंगबाट कार्य उन्मुख भई जस्तोसुकै क्षणमा पनि पार्टीको साख जोगाउने खालका कार्य गर्न

अन्तमा: माथी उल्लेखित कार्यको लागि मात्र नभई पुर्व मेची देखि पश्चिम महाकाली सम्म तपाईंहरुको हरेक सुख दु:ख मा मेरो सदैव साथ रहने प्रतिबद्धता जाहेर गर्दछु ।

जय नेपाल!

  • काँग्रेस महाधिवेशन
  • नेपाली काँग्रेस
  • मोहनबहादुर बस्नेत
  • सिन्धुपाल्चोक
  • प्रतिक्रिया दिनुहोस
    विचार/अन्तरवार्ता सम्बन्धि थप
  • युग सुहाँउदो विकासको छलाङ मारिनेछ — सीता थापा

    युग सुहाँउदो विकासको छलाङ मारिनेछ — सीता थापा

  • सबैको साथ र समर्थनले हाम्रो जित सुनिश्चत छ- महेश धिताल

    सबैको साथ र समर्थनले हाम्रो जित सुनिश्चत छ- महेश धिताल

  • आगामी स्थानीय तह निर्वाचनमा कस्ता नेतृत्वलाई भोट दिने ?

    आगामी स्थानीय तह निर्वाचनमा कस्ता नेतृत्वलाई भोट दिने ?

  • राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाको प्रेस वक्तव्य

    राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाको प्रेस वक्तव्य

    • ताजा अपडेट
    • २४ घण्टामा

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0