Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २०, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

आगामी स्थानीय तह निर्वाचनमा कस्ता नेतृत्वलाई भोट दिने ?

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ फागुन २९, आईतबार (१ साल अघि)
आगामी स्थानीय तह निर्वाचनमा कस्ता नेतृत्वलाई भोट दिने ?

परीक्षा नेतृत्वकोः अङ्क मतदाताको
आगामी स्थानीय तह निर्वाचनमा कस्ता नेतृत्वलाई भोट दिने ?


संघीय शासन प्रणालीको अभ्यास स्वरुप स्थानीय सरकारको ५ वर्षे गतिलो अनुभव सङ्गाल्दै नयाँ साल २०७९ वैशाख ३० गते हामी पुनः स्थानीय तहको  निर्वाचनमा सहभागी  हुदैछाैं । मुलुक र जनता  निर्वाचनको सङ्घारमा होमिएको छ । देशका कुना काप्चा, टोल, गाउँ, नगर, शहर, बजार, चिया पसलदेखि विभिन्न तह तप्कामा आगामी नेतृत्वबारे विभिन्न चर्चा र परिचर्चा हुन थालेको छ । सबैको ध्यान निर्वाचन केन्द्रित र माहोल निर्वाचनमय बन्दै गएको छ ।


गत स्थानीय तहको निर्वाचनको तुलनामा यस पटक हर्ष र उल्लास भने खासै  देखिदैन जनतामा । अघिल्लो जनप्रतिनिधिहरूले जन आकांक्षा र भावना अनुसारको काम गर्न नसक्दा विश्वास र भरोसा गुमाएको अवस्था छ । आगामी नेतृत्वलाई  मतदाताको मन जित्न चुनौती थपिएको छ । फेरि पनि हामी नयाँ नेतृत्व चयन गर्ने महत्त्वपूर्ण घडीमा छौ । सबैको ध्यान नेतृत्व चयन र निर्वाचनले खिचेको छ ।


मुलुकमा संविधान जारी भएसँगै राज्य व्यवस्था र संरचना स्पष्ट किटान गरिएको छ । संविधानको धारा ५६ को उपधारा (१) अनुसार – संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरि तीन तहको सरकारमा विभाजन गरिएको छ । सोही धाराको उपधारा (४) बमोजिम  स्थानीय तहमा गाउँपालिका, नगरपालिका र जिल्ला सभा रहने व्यवस्था गरिएको छ।


संघीय इकाई संघ, प्रदेश र स्थानीय तह मध्ये स्थानीय तह राष्ट्र विकासको पहिलो मेरुदण्ड हो । स्थानीय तहको मातहतमा रहने आधार इकाई वडा हो । त्यसैले राष्ट्रको सर्वाङ्गीण, सन्तुलित र  दिगो विकास सँगै समृद्धिका निम्ति राज्य संरचनाको सबैभन्दा सूक्ष्म इकाई वडा विकास पहिलो आधार हो । घरको जग बलियो हुँदा घर मजबुत हुन्छ भन्ने वास्तविकता झै संघीयता बलियो हुनका लागी वडा बलियो हुन अपरिहार्य सर्त हो ।  

संघीय संरचना अनुसार नेपाललाई १ संघ, ७ प्रदेश र ७५३ स्थानीय तहमा विभाजन गरेको छ । ७५३ स्थानीय तह भित्र जम्मा ६ हजार ७४३ वडाहरू  छन् । यसअर्थमा आगामी स्थानीय तहको निर्वाचन मार्फत अब देशले ७५३ जना नयाँ स्थानीय सरकारका प्रमुख, त्यसैगरी ६ हजार ७४३ जना नयाँ वडा अध्यक्षहरू प्राप्त गर्दै छन् । पालिका प्रमुख र वडा अध्यक्ष प्राप्त गर्नु मात्रै कुनै ठुलो, नौलो र गहन विषय रहेन । तर कस्ता र कत्तिको सक्षम नेतृत्व  प्राप्त गर्दैछौँ भन्ने कुरो सबैभन्दा महत्वपूर्ण कुरो हो । जनताको समस्यलाई केन्द्रविन्दुमा राखेर टोल, गाउँ, समाज र नगर विकासको स्पष्ट मार्ग चित्र(road map) तथा भिजन  भएका योग्य नेतृत्व चयन गर्नु अबको चुनौती हो ।


त्यसैले आम मतदाताले आगामी निर्वाचनमा कस्ता नेतृत्व चयन गर्न मत हाल्ने? मत हाल्नै पार्ने महत्त्वपूर्ण आधारहरु के– के हुन् ? यो विषयमा स्पष्ट भएर मतको सदुपयोग गर्नु नितान्त आवश्यक छ । विशेष गरि अबको नेतृत्व चयन गर्दा क्यान्डीडेटको वायोग्राफी कस्तो छ ? उसको शैक्षिक योग्यता कत्ति हो? उसको नैतिकता, समाजप्रतीको उत्तरदायित्व र सद्भाव कस्तो छ? उसको जीवन  शैली  कस्तो छ? कानुन र कार्यविधिको ज्ञानको स्तर कस्तो छ? आधुनिक सूचना, सञ्चार प्रविधिको प्रयोग सम्बन्धि ज्ञानको स्तर कस्तो छ? भावी रणनीति, दीर्घकालीन सोच तथा कार्यशैली एवम् योजना तथा नीति– नियम र कार्यक्रम निर्माण तथा कार्यान्वयन गर्न सक्ने क्षमता छ\छैन? आदि कुरालाई ध्यानमा राखेर स्वविवेक प्रयोग गरि नेतृत्व छनौट गर्नु अबको चुनौती हो ।


नेतृत्वको बृहत बिश्लेषण र मुल्यांकन गरि The Best Candidate अर्थात जनप्रतिनिधि चुनेर निर्वाचनमार्फत देशलाई निकास दिनु सम्पूर्ण सचेत नागरिकको राष्ट्रिय अभिभारा हो । यस्ता महत्त्वपूर्ण विषयलाइ आम जनस्तरमा नै चासो एवम् बहसको विषय बनाइ छलफल र विश्लेषण गरि जनताको अमुल्य मतलाई  सार्थकतामा रूपान्तर गर्न सहयोग पुर्याउनु समग्र शिक्षित, बुद्धिजीवी र सचेत नागरिकको दायित्व हो ।


निर्वाचन नेतृत्वको परीक्षा हो । परिक्षामा कति अङ्क दिने र कसलाई पास गराउने मतदाताको हातमा छ । चिटिङ गरेर परीक्षा उत्तीर्ण गर्न खोज्ने नेतृत्व चिन्न आवश्यक छ । मतदाताहरुले आफ्नो अधिकारलाई गौण बनाउन हुदैन । एक भोटको पावर चिन्न सक्नुपर्छ । संघीयताको मर्मलाई सार्थकतामा रुपान्तरण गर्न विकेन्द्रीकरण प्रणाली मार्फत गाउँ–गाउँमा स्थापित सिंहदरबारको अनुभुतीको स्थायित्व, विधिको शासन, कानुनी राज्य, सुशासन, भ्रष्टाचाररहित समुन्नत र समृद्ध समाजको स्थापना गर्न नेतृत्व चयनमा मतदाताहरु नै बढी जिम्मेवार छन् । तसर्थ योग्य, क्षमतावान, नैतिकवान र स्पष्ट भिजनरी लिडर चयन एकमात्र निर्विकल्प हो । असल नेतृत्व चयन अबको अभियान हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
विचार/अन्तरवार्ता सम्बन्धि थप
  • सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

  • लोकतान्त्रीक शक्तिको जितकाे लागि पनि मैले जित्नुपर्छ-दीपक थापा

    लोकतान्त्रीक शक्तिको जितकाे लागि पनि मैले जित्नुपर्छ-दीपक थापा

  • सिन्धु कांग्रेसमा गोर्खालीको ‘डेव्यु’

    सिन्धु कांग्रेसमा गोर्खालीको ‘डेव्यु’

  • मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0