Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २२, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सबैको साथ र समर्थनले हाम्रो जित सुनिश्चत छ- महेश धिताल

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानासिन्धुपाल्चाेक २०७९ बैशाख २१, बुधबार (९ महिना अघि)
सबैको साथ र समर्थनले हाम्रो जित सुनिश्चत छ- महेश धिताल

आसन्न स्थानीय तहको निर्वाचन नजिकै आइसकेको छ । निर्वाचनका लागि उम्मेदवारहरू आ–आफ्नो नारा बोकेर घरदैलोमा पुगिरहेका छैनन् । यसै सन्दर्भमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७ मा नेकपा एमाले पार्टीको तर्फबाट युवा उम्मेदवार महेश धिताल चुनावी मैदानमा छन् । उनी आफैं आफ्नै ठाउँमा कृषि कर्म गरि स्वरोजगार बन्नुपर्छ भन्ने मान्यता राख्ने उद्यमशील युवा हुन् । आफ्नो ठाउँको विकास र समृद्धिको लागि युवा आफैं जागरुक हुनु पर्छ भन्ने मान्यता राख्ने धितालसँग खुल्लापानाले गरेको कुराकानीको सम्पादित अंशः

कस्तो छ चुनावी माहोल? गाउँ डुलीरहनुभएको छ । के भन्छन् मतदाता ?


चुनावी माहोल एकदम राम्रो छ । युवालाई प्राथमिकतासाथ अगाडि बढाउनुपर्छ भन्ने प्रतिकृया धेरै मतदाताको छ । हिजो सामाजिक क्षेत्रमा काम गरिरहँदा यो मान्छेले कुनै गलत क्रियाकलाप गरेको छैन, त्यसैले यो मान्छेलाई जिताउँदा राम्रो हुन्छ भनेर प्रतिक्रिया आइरहेको छ ।


भर्खरको युवा एकैपटक वडा अध्यक्षको लागि उम्मेद्वारी दिनुभएको छ । पूर्व अनुभव केछ ? वडाको जिम्मेवारी बहन गर्न सक्नुहुन्छ?


मैले सामाजिक क्षेत्रमा काम गरेको हिसाब गर्ने हो पनि लघुवित्त संस्था, गैरसरकारी संस्थामा समुदायमा बसेर लामो समय काम गरिसकेको अनुभव मसँग छ । यसबाट समुदायका मानिसँग धेरै घुलमिल भएको हुनाले समाजमा कस्ता मानिस हुन्छन् र उनीहरूको समस्या, आवश्यकता राम्रोसँग पहिचान गर्न सक्छु । मैले वडाको जिम्मेवारी पाउँदा पनि म त्यसलाई राम्रोसँग बहन गर्न सक्छु । समाज राम्रोसँग पढेको छु । समाजको अवस्था र चरित्र राम्रोसँग बुझेकाले त्यसलाई चिरफार पनि गर्न सक्छु । त्यसो भएको समस्याको पहिचान गरी त्यसलाई सम्बोधन गर्ने सीप पनि छ ।


युवा अवस्थामा नै राजनीतिमा हाम फालेर वडाको नेतृत्व गर्न अगाडि बढ्नु भएको छ । वडाका धेरै युवा कि त विदेश, नभए शहर केन्द्रित भएका छन् । केही सीमित युवा बाहेक गाउँ युवा विहीन छ । युवालाई गाउँमै राख्न सक्ने गरी रोजगारीको केही खाका छन् तपाईँसँग ?


हाम्रो देश कृषिप्रधान देश हो । कृषि प्रधान देश भइरहँदा पनि कृषि तथा पशुपालन व्यवसायीक बन्न सकेको छैन । कृषिमा उत्पादनको आधारमा अनुदानको व्यवस्था गरी उत्पादनको बजारीकरण गर्न सहजिकरण गरिनेछ । लगानी अनुसारको प्रतिफल आउन नसकेमा त्यसको नोक्सान वडाले व्यहोर्नेछ । कृषिसँगै खेलकुदको क्षेत्रमा पनि राष्ट्रिय स्तरको खेलमैदान निर्माण गरि वडालाई खेलकुद पर्यटन विकास गर्नुका साथै गाउँमै खेलाडी उत्पादनमा समेत जोड दिइनेछ । पर्यटकीय क्षेत्रको विकास गरी युवालाई पर्यटन उद्योगमा जोडीनेछ । म आफैं पनि युवा क्षेत्रको एउटा उदाहरण हुँ । गैरसरकारी संस्थामा राम्रो तलब सुविधा लिइरहेको म त्यो छाडेर व्यवसायीक कृषिमा लागेको छु । यो ठाँउमा कृषिको क्षेत्रमा राम्रो सम्भावना छ । त्यो संभावनाकै कारण गाउँमै कृषि रोजगारीमा युवालाई जोडेर विदेशिनु पर्ने दिनको अन्त्य गरिनेछ । त्यसकै नेतृत्वमा म आएकाे छु । युवाहरुलाई विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी गराइने छ भने गाउँलाई खेलकुद हबको रुपमा समेत विकास गरिनेछ । म कम्प्युटर र मोटरसाइकल समेत चलाउन सक्ने हुनाले कर्मचारि नहुँदा समेत कार्यालयको काम गर्न र गाउँका समस्यामा तत्काल पुग्नुपर्ने अवस्थामा सहयोगीको समेत आवश्यकता पर्दैन ।


पार्टी फुटेको छ । अघिल्लो निर्वाचनको उम्मेदवार पनि अर्कै दलमा गएर उम्मेद्वार बन्नुभएको छ । यसले पार्टीलाई कत्तिको असर पारेको छ ? कार्यकर्ता कत्तिको उत्साहित भएर लागीरहेका छन् ?


संगठनको हिसाबले अरुले कमजोर आँकलन गरेपनि हामी मजबुद छौं । पार्टी फुटको हामीमा असर छैन । हामी आन्तरीक संगठन निर्माण मजबुद छौं । फेरी युवा नेतृत्व भएको कारण सबै युवाहरु र पार्टी कार्यकर्ता पनि उत्साहीत भएर हिडेका छौं । समग्रमा हामी सानोसिरुवारीको लागि बलियो शक्ति हौं । हिजोको मतपरिणाम हेर्दा पनि हामी दोस्रो भएका कारण हामी बलियो नै छौं । हामी कसैलाई हिलो छ्यापेर वा नङ्ग्याएर आफु अब्बल भइन्छ भन्ने कुरामा विश्वास लाग्दैन । तरपनि आम जनताको सद्भाव युवावर्गमा रहेकोले सबैको साथ हामीमा छ । सबैको साथ र समर्थनले हाम्रो जित सुनिश्चत छ ।


विकास भन्नेवित्तीकै हाम्रोतिर डोजर लगाउने, आफ्नो मान्छेलाई ठेक्का दिने, आफ्ना मान्छेले केही कमाउन सक्ने योजनामा मात्रै बजेट हाल्ने प्रचलन छ । यसलाई मात्रै विकास सोच्ने आम बुझाइ छ । तपाईंको बुझाइ पनि त्यहि छ की अली फरक छ ?


यसमा मेरो मत फरक छ । भौतिक पुर्वाधारको विकास मात्रै विकास नभएर आम मानिसको चेतनास्तरको विकास पनि विकास हो । कुन काम गर्दा कति जना लाभान्वीत हुन्छन्, त्यसलाई मध्यनजर राखेर विकास गरिनुपर्छ । कुनै संरचना भत्काएर मात्रै विकास हुन्छ भन्ने परिपाटी अन्त्य गर्दै कुनै संरचनाको निर्माण गरिसकेपनि संरक्षण पनि विकास हो भन्ने मान्यता स्थापित गर्नुछ । विकासको नाममा रहेको पुरातवादी सोच अन्त्य गरी मानव सुचकाँकको अवस्था हेरेर यहाँका गरिब जनताको स्थीतीमा परिवर्तन आउने गरि सिप विकास गर्न पनि जरुरी छ । उनीहरुको आर्थिक सुधार गरी शिक्षा, स्वास्थ्यमा गुणस्तरीय सेवा लिन सक्ने गरी विकास गर्न जरुरी छ । डोजरले पहाड फोरेर माटो बगाउने कुरामा मात्रै विकास नमानी एकीकृत विकासको बाटोमा हामी लाग्नेछौं । सबै जनताको स्थीतीमा परिवर्तन आउनेगरी कृषि क्षेत्रको विकास गरी उत्पादनमा जोड दिनु हाम्रो पहिलो गन्तत्य हुनेछ ।


वडामा ४ जनाको अध्यक्ष पदमा उम्मेदवारी छ । उमेरको हिसाबले कान्छो र अध्ययनको हिसाबले जेठो उम्मेदवार हुनुहुन्छ । के फरक अरु उम्मेद्वार र तपाईँमा ?


अरु उम्मेद्वार भन्दा काम र अनुभवको हिसावले म अगाडि नै छु । सामजिक क्षेत्र, संघसंस्था, कृषिको क्षेत्र लगाएतमा मैले काम गरिसकेको छु । अध्ययनमा पनि म नै अगाडि नै छु । बालबालीका, युवा, जेष्ठ नागरिक लागाएत सबै उमेरसमुहको मानिससँग घुलमिल हुनसक्ने क्षमता मसँग छ । अर्को कुरा विकासको मोडेलको हिसाबमा पनि लामो समय लघुवित्तको क्षेत्रमा पनि काम गरेको हुनाले आर्थीक व्यवस्थापन कसरी गर्न सकिन्छ, स्थानियलाई कसरी आर्थिक उपार्जनको क्षेत्रमा जोड्न सकिन्छ भन्ने ज्ञान पनि मसँग छ । म आफैं पनि युवा उद्यमी भएको युवाहरुलाई कसरी उद्यमशील बनाउन सकिन्छ भन्ने ज्ञान पनि मसँग छ । अरुको हिसावले सामाजिक क्षेत्रमा म निश्कलंक छु । अन्य उम्मेदवारहरुको विभिन्न गलत हर्कतका बारेका प्रश्न उठ्दा उहाँहरु नाजवाफ भइहरनुभएको छ । मेरो त्यो अस्था छैन । युवाहरुको आशा र भरोसाको केन्द्र भएर म अहिले अगाडि बढीरहेकोले म अरु उम्मेदवार भन्दा अब्बल छु ।


तपाईको विकासका प्रमख एजेण्डा के के छन् । शिक्षा, स्वास्थ्य लगाएत आधारभुत कुराहरुमा के के योजना बनाउनुभएको छ ?


शिक्षा क्षेत्रमा भौतिक संरचनामा भन्दा पनि शैक्षिक गुणस्तर निर्माणमा हाम्रो प्रमुख जोड रहनेछ । अहिले हाम्रो समाजमा शिक्षक, अभिभावक र विद्यार्थीहरुविच समन्वयकारी भुमिकाको अभाव देखिएको छ । यसलाई अन्तक्र्रियात्मक रुपमा अगाडि बढाएर सबैको एकआपसमा रहेको समस्या पहिचार गरि त्यसलाई समाधान गरिनेछ । विद्यालयमा शुल्क लिनु विद्यालयको बाध्यता छ । अब विद्यालयलाई आफ्नो जग्गा वा लिजमा जग्गा लिएर भएपनि उत्पादनमुखी बनाएर त्यसबाट विद्यार्थीहरुलाई पनि पढ्दै कमाउँदै कार्यक्रममा जोडेर विद्यालयको र विद्यार्थीको पनि आयआर्जनमा जोड दिइनेछ । आधारभुत शिक्षालाई निशुल्क उपलब्ध गराउने संवैधानिक व्यवस्था लागु गराइनेछ । त्यसैगरि विद्यार्थीहरुलाई पाठ्यक्रमको ज्ञान मात्रै नभएर व्यवसायीक, प्राविधिक लगाएत जिवनोपयोगी ज्ञान दिलाइनेछ । स्वास्थ्य क्षेत्रमा पनि ५० वर्ष भन्दा माथीका नागरिकलाई अनिवार्य स्वास्थ्य बिमा मार्फत निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गराउनेछौं । बिमा बापतको शुल्क पनि वडाले नै व्यहोर्नेछ ।

महिला स्वास्थ्य स्वयम्सेविका सीप विकास गरी घरघरमा स्वास्थ्य उपचार गराउने र बेलाबखत डाक्टर सहितको टोलीले घरमै गएर स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइनेछ । हजार दिनका आमा बच्चालाई विशेष प्याकेज मार्फत स्वास्थ्य सेवा दिइनेछ । सरकारले दिने निशुल्क औषधी अहिले पर्याप्त छैन, त्यसलाई नियमीत गरिनेछ । एक घर एक धाराको अवधारणा पुरा गर्नेछौं । सर्वसुलभ मुल्यमा स्वच्छ खानेपानी उपलब्ध गराइनेछ ।

अब नयाँ सडक खन्ने भन्दा पनि भएका सडक स्तरोन्नती गर्ने हाम्रो प्राथमिकता हुनेछ । कृषि क्षेत्रलाई प्रमुख प्राथमिकता दिइनेछ । आवश्यकताका आधारमा कृषि सिंचाइको प्रबन्ध गरी बाँझो रहेका जमिनमा व्यवसायिक कृषी उत्पादन गर्न प्रोत्साहन गरिनेछ । कृषि र पशुबिमा गराई किसानको उत्पादनको संरक्षण गरिनेछ भने बन्यजन्तु आतंकबाट पनि किसानलाई मुक्त गराउन विशेष योजना ल्याइनेछ । खोला किनारहरुमा विजुलीको व्यवस्था गरी हिँउदमा समेत पानी तानेर खेती गर्न सकिने बनाउनेछौं । कल्लेरीका जनतालाई सहज सडक पुर्वाधार मार्फत वडा कार्यालयसम्म जोडीने छ । त्यसको लागि बाह्रैमहिना सहज सञ्चालन हुने द्रुतमार्गको निर्माण गरिने छ । कल्लेरीका जनतालाई वडा कार्यालय टाढा भएका अनुभुति गर्न दिइनेछैन ।

नगरपालिकाले पर्यटकिय क्षेत्रको रुपमा पहिचान गरेका स्थलहरु पनि यहाँ छन् । ति बाहेका नयाँ पर्यटकिय स्थलको पहिचान र संरक्षण गर्ने योजनाहरु पनि छन् की?


नगरकै प्रमुख पर्यटकिय स्थलको रुपमा चिनीएको धार्मीक स्थल भदौरे गणेशलाई नगरमा मात्रै नभई देशमै प्रख्यात बनाउन प्रचारप्रसार व्यापक बनाइने छ । प्राकृतिक पर्यटकिय स्थलको रुपमा रहेका भुतछाँगा झरनालाई भनि राष्ट्रिय स्तरमा परिचित गराई पर्यटक भित्राउन विशेष प्रयास गरिनेछ । धेरै भन्दा धेरै पर्यटक भित्राएर खानीगाउँमा घले संस्कृती र मगुवामा मगर संस्कृती सहितको होमस्टेल सञ्चलन गरिनेछ । यसबाट स्थानियको आर्थिक उपार्जनमा टेवा पुग्नेछ । धार्मीक पर्यटन, खेलकुद पर्यटन र पर्यापर्यटनलाई विशेष जोड दिइनेछ । पर्यटकिय क्षेत्रहरुको प्राकृति स्वरुपको संरक्षण गर्दै विकास गरिनेछ ।


महिला, अपाङ्ग, बालबालीका लगाएत पछाडी पारीएका बर्गको विकासमा तपाईंको के भुमिका रहन्छ ?


यहाँका महिलाहरुले धेरै सिपमुलक तालिम लिएको भएपनि स्रोतको अभावमा त्यसले निरन्तरता पाउन सकेको छैन । कच्चा पदार्थ र बजारीकरणको पनि व्यवस्था हुन नसक्द ती सिप त्यसै खेर गइरहेको छ । उनीहरुलाई विउपुँजीको व्यवस्थापन गराई बजारसम्म पनि जोड्न सहजीकरण गर्नेछौं । कृषि, लघुउद्यमबाट उत्पादन हुने सामग्रीहरु ब्राण्डीङ गरी वडाले नै संकलन गरि बजारसम्म पु¥याइने छ, यसबाट उनीहरुको आयआर्जन बृद्धि हुनेछ । फुर्सदको समय सदुपयोग गरी गलैंचा, ढाका, स्विटर बुनाइ लगाएतका काममा जोडीनेछ । अपाङ्ग, बालबालीकाहरुको लागि उनीहरुकै मागको आधारमा क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछ । अब बन्ने भौतिक संरचनाहरु अपाङगमैत्रि र बालमैत्री बनाइनेछ ।


हामी अन्त्यमा आइसकेका छौं । तपाईं निर्वाचित भएर आएपछि जनताले तपाईंबाट के कुराम विशेष अपेक्षा गर्न सक्छन् ?


हाम्रो वडालाई भ्रष्टाचार मुक्त बनाइने छ । वडामा सुशासनका सबै मापदण्ड लागु गरिनेछ । हरेक वर्ष नयाँ बजेट तर्जुमा गर्दा टोलटोलमा पुगेर त्यहाँको आवश्यकता संकलन गरी प्राथमिकीकरण गर्दै योजना बनाइनेछ भने आर्थिक वर्षको अन्त्यमा हरेक योजनाका वास्तवीक आम्दानी खर्च विवरण भेलामार्फत सार्वजनिक गरिनेछ । कुनैपनि आयोजना सञ्चालन गर्दा त्यसले पार्ने प्रभावको पुर्ण अध्ययन गरिनेछ । जनप्रतिनिधि शासक होइन, सेवक हुन् भन्ने उदाहरण यस चौतारा साँगाचोकगढी नगरपालिकाबाट दिइनेछ । साथै सबै दलसँग मित्रवत व्यवहार गरि छलफल मार्फत वडा सञ्चालन गरिने छ र भष्ट्रचारमा शून्य सहनशिलता अपनाइने छ । अध्यक्ष भएपश्चात जनताको बजेट हिनामिना र अनियमितता हुन नदिन चुनावमा भएका प्रचारप्रसार खर्चिलो गरिएको छ । म आफैं कम्प्युटर र मोटरसाइकल समेत चलाउन सक्ने भएकोले कर्मचारी नहुँदा पनि प्राविधिक काम रोकिने छैन । अन्त्यमा भदौरे गणेश साक्षी राखी भ्रष्टाचार नगर्ने प्रण गर्दछु । एक भोट दिएर मलाई काम गर्ने मौका दिनुहोस् म कसैलाई निरास हुन दिने छैन । सानोसिरूवारि वासिको विकासको लागि अहोरात्र लागिरहने छु ।

चुनावी घाेषणापत्र

  • महेश धिताल
  • प्रतिक्रिया दिनुहोस
    विचार/अन्तरवार्ता सम्बन्धि थप
  • लोकतान्त्रीक शक्तिको जितकाे लागि पनि मैले जित्नुपर्छ-दीपक थापा

    लोकतान्त्रीक शक्तिको जितकाे लागि पनि मैले जित्नुपर्छ-दीपक थापा

  • सिन्धु कांग्रेसमा गोर्खालीको ‘डेव्यु’

    सिन्धु कांग्रेसमा गोर्खालीको ‘डेव्यु’

  • मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

    मेलम्ची बाढीपीडित सागरको प्रधानमन्त्री देउवालाई खुल्लापत्र

  • युग सुहाँउदो विकासको छलाङ मारिनेछ — सीता थापा

    युग सुहाँउदो विकासको छलाङ मारिनेछ — सीता थापा

    • ताजा अपडेट
    • २४ घण्टामा

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    युवराज दुलाललाइ बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी

    घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    समाचार
    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0