स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२०४६ सालमा नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको नेतृत्वमा पञ्चायत विरुद्धको आन्दोलन चरम उत्कर्षमा पुगेको थियो । चाबहिल क्षेत्रमा आन्दोलनको नेतृत्वदायी भूमिकाको अग्रपङ्तीमा खटिएका थिए साँखुका युवा राजेन्द्रबहादुर गोर्खाली ।
कांग्रेस निकट पारिवारिक पृष्ठभूमीबाट प्रभावित भएर आन्दोलनको अग्र मोर्चामा खटिएका गोर्खालीलाई लक्षित गरी तत्कालीन प्रहरी निरीक्षक जितबहादुर पुनले गोली प्रहार गरे । संयोग मान्नुपर्छ गोली गोर्खालीको साटो नजिक रहेका अर्का युवालाई लाग्यो, आन्दोलनको अन्तिम दिन गोर्खालीको ज्यान बाल बालले बाँचे । आन्दोलन होस या पार्टीको विभिन्न गतिविधि गोर्खाली ज्यान हत्केलामा राखेर सहभागी भइरहे, सन्त नेता कृष्णप्रसाद भट्टराईको चुनावी मोर्चामा होस या नेपाली कांग्रेसले सञ्चालन गरेका आन्दोलनको मोर्चा गोर्खाली सँधै अग्रपङ्तीमै खटिए ।
पछिल्लो समय सिन्धुपाल्चोकबाट कांग्रेस राजनीतिमा डेव्यु गरेका गोर्खालीको राजनीतिक इतिहाँस बिपी कोइरालासँग जोडिएको छ । साँखुमा पञ्चायती राजनीतिका हस्ती जोगमेहेर श्रेष्ठसँग टक्कर गर्दै कांग्रेस राजनीतिमा होमिएका उनका बाबु सुर्यबहादुर गोर्खाली पटक पटक जेल परे । उनी विपी कोइरालासँग प्रभावित भएर कांग्रेस राजनीतिमा लागेका थिए । पञ्चायत विरुद्ध विद्यार्थी राजनीतिमा होमिएका उनका दाजु पुस्करबहादुर गोर्खाली २०३२ सालदेखि ३५ सालसम्म कृष्णप्रसाद भट्टराई, मार्शलजुलुम शाक्य, रामचन्द्र पौडेलहरुसँगै नख्खु जेलमा थुनिएका थिए । उपत्यकाको पब्लिक युथ क्याम्पसमा संस्थापक नेविसंघ सभापति पुस्करले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पनि नेविसंघको नेतृत्व गरेका थिए ।
बिपीको देहवसानसँगै कांग्रेस राजनीतिमा लागेका गोर्खालीले नवौं महाधिवेशनमा पार्टीको क्रियाशील सदस्यता प्राप्त गरेका थिए । पार्टीको क्रियाशील पाएको दुई दशक बढि समय गोर्खाली पर्दा पछाडी बसेर पार्टी र संगठनलाई सहयोग गरिरहे । राजधानीको विद्यार्थी राजनीतिमा तत्कालीन अखिलका नेता रुपनारायण श्रेष्ठको दबदबा रहेका बेला नेविसंघका नेताहरुको संरक्षणमा गोर्खालीको महत्वपूर्ण योगदान रहेका तत्कालीन विद्यार्थी नेताहरु स्मरण गर्छन् ।
नविन्द्रराज जोशी, एनपी साउद, बिरबहादुर बलायर, प्रदिप पौडेललगायतका नेविसंघ नेताहरुलाई उनले सहयोग गरेको उनले बताए । राजनीतिमा आबश्यक पर्ने आर्थिक, नैतिक सबै प्रकारका सहयोग नेविसंघ नेतृत्वलाई उपलव्ध गराएको उनी बताउँछन् । हरेक पटकको स्वतन्त्र विद्यार्थीको निर्वाचनमा राजधानीका क्याम्पसहरुमा नेविसंघलाई जिताउन उनको महत्वपूर्ण भूमिका रहने गरेको विद्यार्थी नेताहरु बताउँछन् । चाबहिलको पशुपति क्याम्पसमा नेविसंघको स्थापनामा गोर्खालीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
समाजसेवा मार्फत राजनीतिलाई अघि बढाउनुपर्छ भन्ने मान्यता राख्ने गोर्खाली चाबहिलको हेल्पिङ ह्याण्डस अस्पतालका सञ्चालक समेत हुन् । पछिल्लो समय सिन्धुपाल्चोकबाट उपचारका लागि गएका बिरामी उनको प्राथमिकतामा पर्छन् । उनले जिल्लाका बिरामीलाई उपचारमा सहुलियत दिने गरेको बताए ।
प्राकृतिक बिपत्ति या कोभिड महामारी उनले सिन्धुपाल्चोक र अझ विशेषगरी निर्वाचन क्षेत्र नं. २ मा सामाजिक सेवामा सक्रिय भए । जतिबेला जनता समस्यामा पर्छन् त्यतिबेला हामीले साथ दिनुपर्छ, उनले भने, त्यसैले बिपत्ति र महामारीका बेलाहरुमा मल्हम पट्टी गर्न म जिल्लाका गाउँ गाउँमा पुगेको छु ।
समाज सेवा र राजनीतिलाई एक साथ अघि बढाउन उनले सुविधा सम्पन्न राजधानी भन्दा सिन्धुपाल्चोकको बिकट बस्ती रोजेका छन् । अहिले उनी इन्द्रावती गाउँपालिका–९, भोटसिपाका बासिन्दा हुन् । अवसर र सम्भावना राजधानीमा भएपनि समाज सेवा बिकट बस्तीमा आबश्यक भएकाले राजनीतिक कर्मभूमी सिन्धुपाल्चोकलाई रोजेको उनले बताए ।
भोटसिपाबाट कांग्रेस राजनीतिमा डेव्यु गरेका गोर्खाली पार्टीको १४ औं महाधिवेनमा त्यहींबाट क्षेत्रीय प्रतिनिधि चयन भए । क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनमा उत्कृष्ट पाँच भित्र परेर महाधिवेशन प्रतिनिधि जितेका गोर्खाली जिल्ला अधिवेशनमा भएको महासमिति सदस्य निर्वाचनमा पहिलो लोकप्रिय मत ल्याएर निर्वाचित भए । यो चुनावी परिणामले छोटो समयमा गोर्खालीले कांग्रेस राजनीतिमा हासिल गरेको उपलव्धिलाई प्रमाणित गरेको छ । शालीन स्वभाव, नम्र व्यवहार र सामाजिक भावनानै राजनीतिमा उनको सफलताको कडी भएको जिल्लाका कांग्रेस कार्यकता बताउँछन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।