स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
हेलम्बु, २४ माघ ।
सिन्धुपाल्चोकको हेलम्बुमा हिमपात भएको छ ।हिमपात भएपछि हिउँमा रमाउन पर्यटक समेत हेलम्बु पुग्न थालेका छन् ।
शनिबार हेलम्बु गाउँपालिकाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । काठमाडौबाट नजकिको पर्यटकीय गन्तव्यको रुपमा रहेको हेलम्बुमा हिमपात भएपछि झन सुन्दरता थपिएको छ । हेलम्बुको तार्केघ्याङ, मेलम्चीघ्याङ, सेर्माथाङ लगायतका उच्च क्षेत्रमा हिमपात भएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।
हिउँ पर्न थालेपछि पर्यटकको आवागमन बढ्ने भएकोले स्थानिय होमस्टे सञ्चालक तथा होटल व्यवसायी खुसी भएका छन् । हेलम्बुमा हिउँको आनन्द लिन जाने पर्यटकले होमस्टेको समेत आनन्द लिन सक्ने छन्। निर्माणाधीन ग्रेट ट्रेल, हिमालि आनन्द , ट्राउट माछा लगाएतका पर्यटकलाई आकर्षित गर्ने हेलम्बु मेलम्ची खानेपानीको मुहानस्थल समेत हो ।
काठमाडौंबाट नजिकै रहेको हेलम्बु पर्यटकीय दृष्टिले सँधै चर्चामा रहने गरेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८