स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बेलाबेलामा रिफ्रेस हुन हुन सिन्धुपाल्चोकको सुकुटे आउने गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन सकिनासाथ पुनः सुकुटे आइपुगेका छन् । करिब ३ बर्षपछि प्रचण्ड र सभामुख अग्निप्रसाद सापकोटासँगै सुकुटे आइपुगेका छन् ।
२०७६ फागुनको तेस्रो साता भएको सुकुटे महोत्सबको उद्घाटन गर्न प्रचण्ड सुकुटे आँउदा भर्खरै सभामुख पद सम्हालेका सापकोटा पनि सँगसँगै थिए । त्यस यता पनि प्रचण्ड र सापकोटा पटक पटक एक्ला एक्लै सुकुटे आए । महत्वपूर्ण राजनीतिक निर्णय लिनु अघि माओवादी अध्यक्ष प्रचण्ड सुकुटे पुग्ने गरेका छन् । प्रतिनिधि र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा पार्टीमा नजिकका विश्वासपात्र सभामुख सापकोटासँगै प्रचण्ड सुकुटे आएका हुन् ।
सुकुटेमा बसोबासको चाँजोपाजो माओवादी जिल्ला इन्चार्ज समेत रहेका हाल सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित पार्टीका पोलिटव्युरो सदस्य माधव सापकोटा सुबोधले मिलाउँदै आएका छन् ।
सुकुटेमा अध्यक्ष प्रचण्ड र सभामुख सापकोटालाई सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित माधव सापकोटा सुबोध र बागमती प्रदेसभा सदस्य निर्वाचित सरल सहयात्री पौडेलले, केन्द्रीय सदस्य अमृता नेपाल प्रभा लगायतले स्वागत गरे । सुकुटे पुगे लगत्तै अध्यक्ष प्रचण्डले र्याफ्टिंसमेत गरेका छन् । निकट स्रोतका अनुसार प्रचण्ड, सभामुख सापकोटा लगायत आज सुकुटेस्थित सुकुटे बीचमा बस्नेछन् ।
माओवादी अध्यक्ष प्रचण्डले रुचिका साथ पटक पटक सुकुटे आएकै कारण पनि सिन्धुपाल्चोकको अरनिको लोकमार्गमा पर्ने सुकुटे क्षेत्र ठूलो पर्यटकीय गन्तव्य बन्न पुगको छ । ठूला साना गरी तीन दर्जन हाराहारी होटल र रिसोर्टले सुकुटेमा पर्यटकलाई सेवा दिँदै आएका छन् ।
काठमाडौंबाट करिब २ घण्टामा पुगिने सुकुटे क्षेत्र बीचको मज्जा लिन र जलयात्राका लागि निकै चर्चीत छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।