स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेकपा एमालेका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीको दर्शन गर्ने भएका छन् ।
माघ १७ गते बुधबार पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न आउन लागेका ओलीले पाँचपोखरी कुण्डमा समेत दर्शन गर्न लागेका हुन् ।
ओली बुधबार हेलिकप्टरबाट श्रीमती राधिका शाक्य सहित काठमाडौंबाट सिधै पाँचपोखरी कुण्डमा जाने र त्यहाँ केही समय बसेर बिहान ११ बजे गाउँपालीकाको भवन रहेको स्थान थाङ्पालमा आएर भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको गाउँपालिकाका मुकुन्द पाण्डेले बताए ।
समुन्द्री सतहबाट करीब ४२ सय मिटर उचाइमा रहेको पाँचपोखरी पवित्र धार्मिक तथा पर्यटकीय स्थल हो । सिन्धुपाल्चोक जिल्लामा अवस्थित धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण ‘पाँचपोखरी’ हिन्दू तथा बौद्ध धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक संगमस्थल पनि हो ।
पाँचपोखरीमा पाँचवटा पोखरी छन् । पोखरीलाई भैरव कुण्ड, सरस्वती कुण्ड, सूर्य कुण्ड, गणेश कुण्ड र नाग कुण्ड भनिन्छ । पाँचपोखरी कुण्ड इन्द्रावती नदीको उद्गमस्थल हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८