स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ४ मा रहेको नागी थामडाँडामा रहेको पेमाछाल उद्यान केन्द्रमा संग्रहालय बन्ने भएको छ । एक कार्यक्रमका विच आज सो भवनको शिलान्यास गरिएको हो ।
बागमती प्रदेश सरकारका संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीले भवनका शिलान्यास गर्नुका साथै १५ फिट लामो नेपाल राष्ट्रिय झण्डा र १२५ वटा लुङ्ता ध्वजा समेत फहराएका हुन् । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ , गाउँपालिका अध्यक्ष टासी लामा, वडाध्यक्ष कुलबहादुर बस्नेत लगाएत सहभागी थिए ।
मन्त्री ठकुरीले आन्तरिक र बाह्य पर्यटकीय संभावना बोकेको पाँचपोखरी थाङ्पाल गाउँपालिका र पेमाछाल उद्यानले थप विकास गर्दै पर्यटकीय हब बनाउनुपर्ने बताए । गाउँपालिकाको बहुपहिचान सहितको प्रशासकीय भवन अवलोकन पछि खुसि व्यक्त गर्दै मन्त्री ठकुरीले गाउँपालिकाको प्रबर्द्धनका लागि आफुले सहयोग गर्ने बताए । मन्त्री ठकुरीले थाङपाल भ्याली माध्यमिक विद्यालयमा सरस्वतीको मन्दिर निर्माण गर्ने प्रतिबद्धता समेत जनाए ।
प्रदेश सांंसद कृष्णकुमार तामाङ गाउँपालिका भित्र रहेका विभिन्न १४ वटा गुम्बामा आफुले विभिन्न सहयोग गरेको बताए । साँसद तामाङले पेमाछल उद्यान केन्द्रमा आवश्यक बजेट बिनियोजन गर्न पर्यटन मन्त्रीको ध्यानाकर्षण गराए ।
पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले गाउँपालिकामा रहेको पर्यटकिय स्थलहरुको बारेमा अवगत गराउदै सबैको सहयोगबाट पर्यटकीय स्थलहरुको प्रबर्द्धन गर्नुपर्ने बताए । लामाले पेमाछ्ल उद्यान केन्द्रलाई प्रदेश सरकारले गौरवको योजनाको रुपमा अगाडी बढाउनुपर्ने बताए ।
वडा नम्बर ४का अध्यक्ष कुलबहादुर बस्नेतको अध्यक्षतामा कार्यक्रममा उद्यान केन्द्रका प्रमुख लामा फुर्वासिंगी लामा, गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी,प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुँईकेल लगायतको उपस्थिती रहेको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।