स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
५ हजार ८ सय ६३ मिटर उचाइको सिन्धुपाल्चोकको पाचपोखरी थाङपाल गाउपालिकामा रहेको गन्जला (कागा) चुली आरोहणका लागि असार १५ गतेबाट यात्रा शुरुआत गरेका २७ जना किशोरी तथा महिलाको टोली सकुशल चुलीको आधार शिविरमा पुगेको छ ।
बिहिवार दिउँसो टोली सकुशल आधार शिविर पुगेको हो । ‘ हाम्रो आरोहण दलका सबै टोली सुरक्षीत र सकुशल गन्जला चुलीको आधार शिविरमा आइपुगेको छौं ।’ आरोहण दलकी प्रमुख माया गुरुङले उत्साहित हुँदै सेट फोन मार्फत खुल्लापानालाई भनिन् -‘ टोलीका सबै सदस्य एकदमै खुसी छौं ।’ सो स्थानमा टेलिफोन सम्पर्क नहुने भएकोले यसैलाई आधार मानी परिवारहरूलाइ नआत्तीन समेत गुरुङले आग्रह गरिन् ।
मौसम अनुकुल रहेमा भोलि शुक्रबार नै चुलीको आरोहण सम्पन्न हुने गुरुङले बताइन् । मौसम प्रतिकुल भएमा टोलीले आधा बाटो सम्म पुगेर बास बसि शनिबार मात्रै चुचुरोमा पाइला टेक्नेछ ।
काठमाडौंबाट नजिक सिन्धुपाल्चोक जिल्लामा रहेको पिकको यसरी २७ जना महिलाको टोलीले सिन्धुपाल्चोकबाट नयाँ रुट खुल्ला गर्न लागेको आफैंमा महत्त्वपूर्ण कुरा हो । यस आरोहणले आगामी दिनमा नेपाल पर्वतारोहण संघबाट आरोहण अनुमति लिएर आरोहण गर्ने पिकहरुको प्रवर्नमा पनि सहयोग मिल्ने सिन्धुपाल्चोककी राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति तथा पर्वतारोही माया गुरुङले बताइन् ।
आरोहण अवधि २ हप्ताको रहने छ । गन्जला–चुली तालिम र ट्रेकिङ रुटको रुपमा विकास गर्न यो आरोहण गर्न लागेको उनले जानकारी दिइन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।