स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
हेलम्बु, १८ माघ ।
“हेलम्बुको स्याउ”को नाम नसुन्ने नेपाली कमै होलान् । कुनै बेला स्याउको राजधानीको रुपमा परिचित हेलम्बुमा सुस्ताएको स्याउ खेती पुनः जुर्मुराइसकेको छ । स्याउसँगै हेलम्बुले अब चियाको समेत पहिचान बोक्ने भएको छ ।
हेलम्बुका स्थानीयले बाँझो जग्गामा चिया खेती गर्न थालेपछि गाँउपालिकाले उनीहरुलाई साथ दिदैँ निशुल्क विरुवा वितरण गरेपछि अहिले हेलम्बुमा चिया खेती समेत विस्तार हुन थालेको हो । दुई वर्षअघिबाट किसानलाई निशुल्क विरुवा वितरण गरेर सुरु गरिएको खेती गाउँ गाउँमा फैलिएको हो ।
दुई वर्षअघि हेलम्बुको तिम्बुमा चियाको नर्सरी स्थापना गरी ३३ हजार बिरुवा उत्पादन गरिएको थियो । सुरुमा उत्पादित विरुवा गाउँपालिकाका सबैजसो वडाका किसानले करिब २ हेक्टर जमिनमा चिया खेती लगाएका थिए । खेर गएको बाँझो जमिनमा चिया खेती सुरु गरेका स्थानीयले थप तीन सय रोपनी जग्गामा खेती विस्तार गर्दै गाउँलाई चियाको पकेटक्षेत्र बनाउने लक्ष्यअनुसार खेती गरिरहेका छन् ।
गाँउपालिकाको अन्नबालीको उत्पादन कम हुने क्षेत्रमा नगदेबालीको रुपमा फलफूल तथा अन्य खेतीलाई प्राथमिकता दिने योजना अनुसार गाँउपालिकामा स्याउ तथा चिया खेती गर्न थालिएको हो । यस्तो खेतीबाट गाउँमै रोजगारीको वातावरण सिर्जना गर्दै थप पर्यटन प्रर्वद्धनका लागि गाउँवासीकै सक्रियतामा चिया खेती लगाएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । हेलम्बु गाउँपालिकाको सहयोगमा अर्थाेडक्स चिया लगाइएको हो । ‘गाउँमै रोजगारी हुने मात्रै नभई पालिकालाई अर्थतन्त्रमा बलियो बनाउन यसले सहयोग पु¥याउने अपेक्षा छ ।’ अध्यक्ष शेर्पाले भने—“चिया खेती थप गर्ने क्रममा रहेकाले गाउँमै प्रसोधन केन्द्र स्थापना गर्ने योजना रहेको छ ।”
गाउँका किसानले चिया खेती गर्ने इच्छा जनाएपछि गाउँपालिकाले कीर्तिपुरस्थित चिया तथा कफी विकास शाखासँग समन्वय गरी स्थलगत सम्भाव्यता अध्ययन गरेको थियो । सातासम्म गरेको अध्ययनबाट समुद्री सतहबाट एक हजार दुईसय मिटरदेखि दुईहजार तीनसय मिटर उचाइसम्म चियाखेती सम्भव हुने पाइएपछि चियाको नर्सरी तयार गरि विरुवा उत्पादन गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।