Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २३, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

के हाे अर्गानिक (प्रांगारिक) खेती ?

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ माघ २९, बिहिबार (२ साल अघि)
के हाे अर्गानिक (प्रांगारिक) खेती ?

प्रांगारिक(Organic) खेति प्रबिधि परम्परागत र आधुनिक प्रबिधिहरुको समिश्रण गरेर अपनाईने एउटा खेति प्रणालि हो जसमा  वातावरण, पर्यावरण र मानव स्वस्थ्यलाई हानी पुर्याउने खालका हानिकारक रसायनिक मलहरु र बिषादीहरुको प्रयोग गरिँदैन। प्रांगारिक खेति प्रबिधिले गाईबस्तुको मल, झारहरु र बाली काटेपछि रहेका डाँठहरु, भान्साबाट निस्किएका कुहिने फोहोरहरुलाई कुहियाएर बनाइएको कम्पोस्ट मल, हरियो मल र  जैविक बिषादीहरुको प्रयोग गर्न प्रोत्साहन गर्छ ।

प्रांगारिक कृषिका विशेषताहरु

  • माटोमा हुने प्रांगारिक तत्वहरुलाई बचाई राखेर माटोको मलिलोपनालाई कायम राख्छ
  • कोसे बालीलाई नाईट्रोजनको श्रोतको रुपमा प्रयोग गर्छ
  • घुम्ते बाली, भौतिक तारिक, प्राकृतिक शत्रु आदि बिधिहरुको प्रयोग
  • रासायनिक तत्वहरुको त्याग
  • भू-क्षय न्यूनीकरण
  • स्थानिय श्रोत र साधनको प्रयोगमा प्राथमिकता

प्रांगारिक खेति गरिने जमिन

  • प्रांगारिक खेति हुने जमिनलाई प्रदूषण र मिसावटबाट जोगाउन प्रांगारिक र रासायनिक खेति गरिने जमिनहरु बिच मध्यबर्ति क्षेत्र (Buffer zone) हुनुपर्छ
  • प्रांगारिक र रासायनिक खेति हुने जमिन बीच सडक भएमा ४ मिटर र अन्य अवस्थामा कम्तिमा ५ मिटर मध्यबर्ति क्षेत्र (Buffer zone) हुनुपर्छ
  • रासायनिक मल , बाली वृद्धि प्रबर्द्धक र रोग/ किरा/ झारनासक विषादी जस्ता कुनै रसायन प्रयोग भएको हुनुहुदैँन
  • रासायनिक खेतिमा प्रयोग गरिएका औजारहरु सफा गरेर मात्र प्रांगारिक खेति गरिने जमिनमा प्रयोग गर्नुपर्छ

बाली उत्पादन

  • उपलब्ध भएसम्म स्थानीय जात र प्रांगारिक प्रमाणीकरण भएका बीउ बिजनको मात्र प्रयोग गर्नुपर्छ। यदि यस्ता बीउ बिजन नपाईएमा रासायनिक तरिकाले उत्पादित तर रासायनिक पदार्थ/ बिषादीमा उपचार नगरिएको बिउ प्रयोग गर्न सकिन्छ
  • पशुपंक्षीको लागि आवश्यक पर्ने घाँस र दाना पनि प्रांगारिक तरिका बाटै उत्पादन भएको हुनुपर्छ
  • बाली चक्र अपनाउँदा, हरेक बाली पछि कोसे बाली समावेश गर्नुपर्छ

माटो, पानी र मलखाद व्यवस्थापन

  • कुनै पनि किसिमको रासायनिक मलको प्रयोग गर्न पाईदैन
  • न्यूनतम ९० दिन कुहाएर राम्रोसँग पाकेको गोबर मल अथवा गोबर ग्याँसबाट निस्केको लेदो (slurry) बाली काट्नुभन्दा ३० दिन अगाडि नै माटोमा मिलाउनुपर्छ। राम्रोसँग नपाकेको गोबर मल र slurry प्रयोग गर्नु हुदैँन। यदि प्रयोग गर्नुपर्ने अवस्था आयो भने वाली काट्नु भन्दा १२० दिन अगाडि नै माटोमा मिलाउनु पर्छ
  • कुखुराको मल प्रयोग गर्दा प्रमाणीकरण निकाएबाट स्विकृति लिएर लाभदाएक जिबाणुहरुको प्रयोग गरेर पूर्णरुपले कुहाएर मात्र प्रयोग गर्नुपर्छ
  • प्रांगारिक मलको रुपमा पशु पंक्षीको रगतको धुलो, गाईवस्तुको मलमूत्र, राम्ररी कुहिएको कुखुराको मल, नीमको पिना, तोरीको पिना, फलफूल तरकारीको बोक्रा, काठको धुलो, खरानी, धानको भुस, अन्डाको बोक्राको धुलो, आदि प्रयोग गर्न सकिन्छ

रोग किरा तथा झारपात नियन्त्रण

  • रोग, किरा र झार नियन्त्रण गर्न साबुन, सर्फ लगाएत कुनै पनि किसिमका विषादी प्रयोग गर्न पाइदैन
  • निम, बकाईनो, रिठ्ठो, तितेपाती, असुरो, तुलसी, सुर्ति जस्ता वनस्पति बाट बनाइने झोल अथवा धुलो, खरानी, प्रांगारिक खुर्सानी, लसुन, प्याज र वनस्पति तेल, आदिको प्रयोग गर्न सकिन्छ
  • बत्ती, लिसो (टाँसिने), फेरेमोन र खोल्से पासो (pitfall trap) जस्ता भौतिक तरिका प्रयोग गरि किरा नियन्त्रण गर्न सकिन्छ
  • च्याउ उत्पादन गर्दा अप्रांगारिक तरिकाबाट उत्पादन गरेको पराल प्रयोग गर्न पाईदैन

बाली / वीउ भण्डारण

  • भण्डारण गर्दा प्रांगारिक र अप्रांगारिक उपजहरुलाई मिसाएर राख्नु हुदैँन
  • प्रांगारिक उपज भण्डारण गर्ने बेला कुनैपनि किसिमको रसायनको प्रयोग गर्नु हुदैँन
  • प्रांगारिक उपज उपभोक्ता सम्म नपुगिन्जेल सुरक्षित रहने गरि लेबल लगाईएको हुनुपर्छ
  • Organic Farming
  • अर्गानीक
  • खुल्लापाना
  • प्रांगारिक
  • प्रतिक्रिया दिनुहोस
    कृषि सम्बन्धि थप
  • ५० प्रतिशत अनुदानमा किसानलाई कृषि सामग्री र मर्मत तालिम

    ५० प्रतिशत अनुदानमा किसानलाई कृषि सामग्री र मर्मत तालिम

  • रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

  • कुविण्डेमा शितभण्डार निर्माणका लागि ठेक्का आह्वान

    कुविण्डेमा शितभण्डार निर्माणका लागि ठेक्का आह्वान

  • २ महिनादेखि तातोपानी भन्सारमै थन्कियो १० हजार बोरा मल

    २ महिनादेखि तातोपानी भन्सारमै थन्कियो १० हजार बोरा मल

    • ताजा अपडेट
    • २४ घण्टामा

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    मेलम्चीको पानी धमिलाे हुँदा पनि वैकल्पिक प्रणालीबाट काठमाडौ लगिने

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    चौतारा बजारका १० स्थानमा अग्नि नियन्त्रक यन्त्र

    वडाध्यक्षको तर्फबाट शशिनाथ बने गाउँपालिका महासंघको सदस्य

    सामुदायिक वन उपभोक्ता महासंघ, सिन्धुपाल्चोकमा नयाँ नेतृत्व

    समाचार
    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    मेलम्चीको पानी धमिलाे हुँदा पनि वैकल्पिक प्रणालीबाट काठमाडौ लगिने

    मेलम्चीको पानी धमिलाे हुँदा पनि वैकल्पिक प्रणालीबाट काठमाडौ लगिने

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0