स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
ड्रागन फल ( Dragon Fruit ) एउटा सिउँडी प्रजातीको फल हो । यसको उत्पत्ती दक्षिण अमेरिकाको मेक्सीकोमा भएको पाईन्छ । दक्षिण पूर्वी एशियाका देशहरु भियतनाम फिलिपीन्स थाईल्याड लगायतको देश हुदै अहिले यो फल नेपालमा भित्रीएको छ ।
प्राविधिकका अनुसार रोपेको २ बर्षपछि ड्रागनबाट फल लिन सकिन्छ । नेपाली बजारमा १ हजार रुपैयाँ केजीसम्म यो फल विक्री भइरहेको छ । ड्रागनको एउटै बोटले धेरै वर्षसम्म फल दिइरहन्छ । यसको फल १ सय ५० ग्रामदेखि १ किलोसम्म हुने हँदा यसबाट मनग्य आम्दानी लिन सकिन्छ । यो खेती तराईदेखी उच्च पहाडी जमिन सम्म गर्न सकिन्छ । कारीब समुन्द्री सतह देखी २००० मिटर सम्म यसको खेती गर्न सकिन्छ । यस खेतिको लागि पानी आवश्यक नपर्ने हुँदा धेरै सुक्खा ठाउँहरुमा पनि यसलाई मज्जाले फलाउन सकिन्छ ।
यो फल मीठो मात्र छैन, औषधीय गुणले समेत भरिपूर्ण छ । यो फल खाएपछि पेट खलास हुन्छ र कब्जियतको दोष ठीक पार्छ । यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ । यसको मुन्टाको गजबको तरकारी बन्छ । फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ । जो जेठदेखि असोज—कात्तिकसम्म फुलिरहन्छ र फलिरहन्छ ।
यो बिरुवा एकचोटी लगाए पछी केहि बर्षा पछी एउटै बिरुवा बाट दशौ बिरुवा निकाल्न सकिन्छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८