स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
किसानलाई खेति लगाउने समयमा सधैं रासायनिक मलको अभाव हुने भएपछि सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ५, सुनखानीमा उद्यमशील साना किसान कृषि सहकारी संस्था स्थापना गरिएको छ । कृषि सामग्री संस्थान तथा साल्ट ट्रेडिङ कर्पोरेसनबाट रासायनिक मलको आपूर्ति गरि वितरण गर्नको लागि कृषि सहकारी अनिवार्य भएपछि सो संस्था स्थापना गरिएको हो ।
चैत १५ गते बुधबार सहकारी संस्थाको कार्यालय स्थापना गर्दै प्रमुख अतिथि गाउँपालिका राष्ट्रिय महासंघका निवर्तमान अध्यक्ष होमनारायण श्रेष्ठले सहकारीबाट काम गरेका गरिबी हटाउन सकिने बताए । बैंक तथा लघुवित्त संस्थाबाट ऋण लिँदा तिरिएको सेवा शुल्क तथा ब्याज अरुले नै पाउने तर सहकारीमा ऋण लिँदा तिरिएको ब्याज तथा सेवा शुल्क पनि आफैंले फिर्ता पाउने उनले बताए । सहकारीमा जम्मा भएको रकमबाट सहकारीकै सदस्यहरुको आयआर्जन वृद्धिमा प्रयोग गरिने हुनाले यसलाई गरिबको बैंकको रुपमा लिदैं बचत तथा ऋणको कारोबार गरी आयआर्जन बढाउनुपर्ने उनले बताए ।
मलकै अभावमा लगाएको बालीमा उत्पादन घट्दै गएपछि गाउँमा खेति बाँझै छाड्ने क्रम बढ्न थालेपछि यसको समाधानका लागि संस्था स्थापना गरिएको संस्थाका अध्यक्ष बलबहादुर भुजेलले बताए । स्थानीय किसानहरूको नेतृत्वमा किसानहरुकै लागि स्थापना गरिएको यस संस्थाले आगामि दिनमा रासायनिक मल वितरण गर्नुका साथै सदस्यहरुलाइ सहुलियत ऋण तथा विउविजन र कृषि सामग्री समेत वितरण गर्ने योजना रहेको अध्यक्ष भुजेलले बताए । संस्थामा शेयर सदस्यको संख्यामा वृद्धि गर्दै संस्थालाई विकास गर्दै लैजाने उनले बताए ।
सहकारी संस्थाको कार्यालय स्थापना कार्यक्रममा बक्ताहरुले रासायनिक मल मात्रै नभइ गाईभैंसीको मलमुत्रको सदुपयोग गर्दै कृषि उत्पादन बढाउन पर्ने कुरामा समेत जोड दिए । सहकारी मार्फत आफ्नो आयआर्जन बढाउन विभिन्न सिपमुलक तालिमहरु समेत सञ्चालन गर्ने उनिहरुले बताए । सबैका लागि एक र एकका लागि सबेै भन्ने सहकारी सिद्धान्तको आधारमा सहकारी अगाडि बढ्ने उनिहरुले विश्वास समेत व्यक्त गरे ।
कार्यक्रममा सुनकोसी गाउँपालिका वडा नंं. १,३,४र ५ का वडाध्यक्ष क्रमशः कुमार शाहि, ईश्वर तामाङ , भोजराज श्रेष्ठ र जालबहादुर लामा, हिरालाल भुजेल, बिन्दा आचार्य, लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
२०७९ साल पुस २९ गते सुनकोसी गाउँपालिकाको कार्यालयमा दर्ता भएको सहकारीमा हालसम्म ३ सय भन्दा धेरै जना सदस्य रहेका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।