स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्रीसँगै तालिम पनि दिएपछि किसानलाई काम गर्न सहज भएको छ । पालिकाले सोमबार ५० प्रतिशत अनुदानमा किसानका लागि १७ थान ९ र १० एचपी मिनिटिलर वितरण गरेको पालिकाका कृषि शाखा प्रमुख निमराज गिरीले जानकारी दिए ।
समयानुसार किसानलाई आवश्यक कृषि पेसासँग सम्बन्धित कृषिऔँजार, बिउविजन, प्राविधिक सरसल्लाह, तालिम, उत्पादित कृषिजन्य वस्तुको बजारीकरणमा सहजता ल्याउन थप कार्यक्रमको आपेक्षा गरिएको स्थानीय हसिना वाइवा बताउँछिन् । ती सामग्री हस्तान्तरण गर्दै गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले उन्नत बाली लगाउन आग्रह गरिन् । उनले कृषिमा आधुनिकीकरण गर्न र व्यवस्थित बनाउनका लागि विभिन्न कृषि औजार वितरण गरिएको जानकारी गराउँदै किसानका समस्या समाधान गर्न गाउँपालिका तयार रहेको बताइन् ।
कृषि औँजार बिग्रने र बनाउन समस्या भएपछि किसानको समस्यालाई दृष्टिगत गर्दै पालिकाले मिनिटिलर मर्मतसम्बन्धी तालिमसमेत सञ्चालन गरेको अधिकारीले बताइन् । पालिकाले यसअघि पनि विभिन्न बीउविजन र कृषि सामग्री, तालिम किसानलाई दिँदै आएको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८