स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बाख्रामा नश्ल सुधार गरी कृषकको आयआर्जनमा वृद्धि गराउने उद्देश्यले चौतारा साँगाचोकगढी नगरपालिका ७, मेलचौरका २७ जना कृषकलाई बोयर जातको बाख्राको पाठी वितरण गरिएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा इच्छेश्वर महिला बहुद्देश्यीय कृषि तथा व्यवसायीक समुहले सो बाख्रा वितरण गरेको हो । नगरपालिकाको ३ लाख रुपैयाँमा जनसहभागिताबाट १ लाख १३ हजार रुपैयाँ थप गरी १५ हजार ३ सय रुपैयाँ दरका २७ वटा बोयर जातको पाठी कृषकलाई वितरण गरिएको कृषक समुहकी अध्यक्ष रञ्जना श्रेष्ठले बताइन् ।
चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा र उपप्रमुख सिता थापाको उपस्थितिमा सो बाख्राको पाठी वितरण गरिएको हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८