स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चौतारा, माघ १६ ।
दैनिक हजारौं मानिसको ओहोरदोहोर हुने सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम समेत रहेको चौतारा बजारमा पार्किङको चरम अभाव हुँदा दुर्घटनाको जोखिम बढेको छ । चार पाङ्ग्रे तथा दूई पाङ्ग्रे सवारी साधान सडक किनारमा जथाभावी पार्कीङ गर्दा दुर्घटनाको जोखिम बढेको हो ।
बैंक, वित्तिय संस्था तथा होटल व्यवसायीहरुले समेत आफ्नो ग्राहकको लागि पार्किङ स्थल दिन सकेका छैनन् । पार्किङ व्यवस्थित हुन नसक्दा पैदल यात्रु र व्यापारीका साथै विभिन्न कामले चौतारा आउने सेवाग्राहीहरु मर्कामा परेका छन् । साँघुरो बाटोमा जथाभावी पार्किङल गरिदिँदा पैदल यात्रुले सडक किनारमा हिड्न समेत सास्ती खेप्नुपर्छ । मोटरसाइकल चालकहरुले अव्यवस्थीत रुपमा एउटा पसलको अगाडी पार्किङ गरेर अन्यत्र काममा जाँदा व्यापारीहरुलाई समस्या हुने गरेको । बजारमा एउटा मात्रै सशुल्क पार्किङ क्षेत्र तोकिएको भएपनि सो ठाँउ सानो भएकोले पर्याप्त सवारी साधन अट्दैनन् । त्यसमा पनि चेतना अभावको कारण नियमीत वाहेकका अन्य सवारी साधन पार्किङको लागि नआउने पार्किङका अशोह घलेले बताए ।
चौतारामा सबैभन्दा धेरै मानिसको आवतजावत हुने बैंकहरुले समेत आफ्ना ग्राहक तथा कर्मचारीको सवारी साधनको पार्किङको व्यवस्थापन गर्न सकेका छैनन् । बैंकहरुले पनि पार्किङको व्यवस्थापन गर्न नसक्दा सर्वसाधारणलाई सास्ती भएको स्थानीय रामशरण गौतम बताउछन् । आफ्नो भवनमा पार्किङको लागि स्थान हुँदाहुँदै पनि चौतारामा रहेको मेगा बैंक तथा कृषि विकास बैंकले सो स्थान पार्किङमा लगाउन सकेका छैनन् । ति ठाँउहरु व्यवसायीक रुपमा भाडामा प्रयोग गरिएकोे छ । बैंक अगाडी राखीएका अव्यवस्थीत मोटरसाइकलका कारण सडक नै ढाकीदा समेत सो बैंकका शाखा प्रवन्धक रामकृष्ण पराजुली आफुसँग पर्यात्प पार्किङ भएको दावि गर्छन् । तर बैंकको पार्किङ क्षेत्र भने होटललाई भाडामा दिइएको छ ।
कृषि विकास बैंकका शाखा प्रवन्धक भुमिराज न्यौपाने भने घर बहाल सम्झौता गर्दा पार्किङको कुरा उल्लेख नभएकोले बैंकले आफ्नो सवारी साधान समेत सडकमै राखेको स्विकार गर्छन् । अब भने उपयुक्त स्थान भाडामा लिई पार्किङ सञ्चालन गर्ने तयारीमा रहेको उनले बताए । उक्तको बैंक सञ्चालन भएकै भवनमा पार्किङको स्थानमा मोटरसाइकल वर्कशप सञ्चालनमा छ ।
लक्ष्मी बैंक चौताराले त आफ्नै जोखीममा सवारी साधान पार्किङ गर्न सुचना नै टाँस गरेको छ । उक्त बैंकले आफ्ना कर्मचारीको मोटरसाइकलको लागि पार्किङ तयार गरेको भएपनि सेवाग्राहीको लागि भने सडक नै पार्किङको विकल्प हो । एनसिसि बैंकको आफ्नो पार्कीङ छैन । भवन अगाडीको सानोे जग्गामा आफ्नो कर्मचारीको मोटरसाइकल जसोतसो पार्किङ गराएपनि सेवाग्राहीको लागि भने उसले कुनै सोच बनाएको छैन । समचार संकलनको लागि सञ्चारकर्मी बैंक पुगेपछि भने उक्त बैंकका शाखा प्रवन्धक सम्पुर्ण गिरीले अब छिट्टै नजिकै कुनै स्थान भाडामा लिएर पार्किङ सञ्चालन गर्ने बताए । त्यसअघि बैंकले पार्किक व्यवस्थित गर्ने बारे कुनै सोच बनाएको थिएन । चौतारामा रहेका सिन्धु विकास सहित नेपाल बैंक, ग्लोबल आइएमई बैंक लगाएत अन्य वित्तिय संस्थाले पनि पार्किङको लागि चासो दिएका छैनन् ।
बजारमा घर भएका धेरै स्थानीयले समेत सार्वजनिक सडकलाई नै पार्किङलस्थल बनाएर सडह साँघुरो बनाइरहेका छन् । बजार व्यवस्थापनको जिम्मेवारी पाएको स्थानीय सरकार भने आफुहरु अझै पनि व्यवस्थित पार्किङ बनाउने योजनामा रहेको बताइरहेका छन् । चौतारा साँगाचोकगढी नगरपालिकामा प्रमुख अमानसिं तामाङले बजारको विच भागमा रहेको साविक बाल विकासको भवन, नेपाल बैंक अगाडीको थोरै खाली जग्गा र टुँडीखेल नजिकै निर्माण भएका नयाँ सडकलाई पार्किङको रुपमा विकास गर्नको लागि गृहकार्य अगाडी बढाएको बताए । “चौतारालाई व्यवस्थित बजार बनाउन हामी जग्गा भाडामा लिएर भएपनि पार्किङ क्षेत्र बनाउदैंछौं । ” मेयर तामाङले बताए ।
तर अहिलेसम्म चौतारामा पार्किङ स्थलको अभावमा सडक किनारमा सवारी साधन अलपत्र छाड्नु स्थानीयको वाध्यता छ । यसबाट सवारी साधन हराउने तथा क्षती समेत हुने गरेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।