स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२४ मंसिर, चौतारा ।
काठमाण्डौंबाट नजिकै रहेको सिन्धुपाल्चोक जिल्ला धेरै निजामती कर्मचारीहरुको रोजाइमा पर्ने गरेको छ । काम गर्न सहज भएर वा कामको कम चाप हुने भएर सिन्धुपाल्चोक कर्मचारीको रोजाइमा परेको हैन । हरेक शुक्रबार बेलैमा काठमाण्डौ जान पाउने र आइतबार ढिलो गरी कार्यालय फकीए पनि हुने भएकोले कर्मचारीहरु सिन्धुपाल्चोक आउन रुचाउने गरेका हुन् ।
जिल्लाको सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा शुक्रबार कर्मचारी टेबुलमा भेटिएन् । आज शुक्रबार कार्यालयको प्रमख प्रशासकिय अधिकृत सहित अन्य अधिकृत एवं लेखा शाखा, प्राविधिक शाखा, योजना शाखा लगाएतका शाखाका कोही पनि कर्मचारी थिएनन् । हिजो बिहीबारै अधिकाँश शाखा खाली भेटिएपछि सेवा लिन आएका जनताहरुले मेयर अमानसिं तामाङलाई आक्रोश समेत पोखेका थिए । ‘म आएर कार्यालयको सबै कोठामा चाहरीसकें ।’ व्यक्तिगत फर्म दर्ताको लागि आएका एक सेवाग्राहीले भने —‘तर कुनै पनि कोठामा कर्मचारी नभेटीँदा मेरो काम भएको छैन ।’
नगरपालिका त एउटा उदाहरण मात्रै हो । जिल्लाका अधिकाँश सरकारी कार्यालयहरुमा प्रमुखदेखि सामान्य कर्मचारी समेत सकेसम्म शुक्रबार विहानै काठमाण्डौ जाने गरेका छन् । आपसी सल्लाहमा कार्यालयको ढोका खोल्न केही कर्मचारी बस्ने गरेको भएपनि सबै शाखामा कर्मचारी नहुँदा सेवाग्राहीले आफ्नो काम पुरा गर्न पाँउदैनन् ।
शुक्रबारे कर्मचारीका कारण जिल्लाका सरकारी कार्यालयहरुमा सोमबारदेखि बिहीबारसम्म मात्रै पुर्ण सेवा प्रवाह हुन्छ । अझै केही कर्मचारी त सोमबार वा मंगलबार मात्रै कार्यालय आउने र विहीबारै काठमाण्डौ फर्कने समेत गरेका छन् । कर्मचारीहरुले जनप्रतिनिधिलाई समेत नटेर्ने गरेका गुनासो उनीहरुको छ । ‘कर्मचारीहरुले जनताको सेवाका लागि तलब खाएको उनीहरुले जनताको सेवा गर्नुपर्छ ।’ चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले भने —‘उनीहरुलाई काम गर्नको लागि गाली गर्न नमिलेकोले हामीले सम्झाइबुझाई गरेका छौैं ।’ आफुले कर्मचारीलाई सम्झाँउदा पनि उनीहरुले नटेरेको उनले गुनासो गरे ।
सिन्धुपाल्चोकको सदरमुकाम चौताराको प्रमुख नाका बन्देउमा शुक्रबार सरकारी गाडीहरुको लाइन नै लाग्ने गरेको छ । कार्यालयको काम भन्दा घर जाने हतारोले कर्मचारीहरु कहिले शुक्रबार आउला र काठमाण्डौ जान पाइएला भन्दै दिन कुरेर बस्ने गरेका हुन्छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।