स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
५ बैशाख, काठमाण्डौं ।
सत्ता साझेदार दलहरुविच चुनावी गठबन्धन गर्नको लागि छलफल चलिरहँदा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने सिट बाँडफाँटको विषयमा पाँच दलीय गठबन्धनबीच सहमति हुन नसकेमा त्यसभित्रका कुनै दलहरुसँग मात्रै भइपनि तालमेल हुने बताएका छन् ।
सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले आफूहरु गठबन्धन गरेरै जाने पक्षमा रहेको तर पाँच वटाकै सहमति नहुन सक्ने नदेखीएकाले जहाँ जसको सहमति हुन्छ, त्यहाँ गठबन्धनभित्रैका दलहरुबीच सहमति गरेर निर्वाचनमा जाने उनले बताए ।
‘अहिलेको गठबन्धनभित्र सहमति सबैको बीचमा भएन भने ज–जसको बीचमा सहमति हुन्छ, त्यस–त्यसको बीचमा सहमति गरेर हामी अगाडि जान्छौँ’, उनले भने ‘हामी माओवादीहरु आफ्नो पार्टी एक्लै चुनावमा भिड्न पनि तयार छौं ।’ माओवादी तीन महिनाअघीदेखि नै सकसैसँग सहमती भएन भने एक्लै भिड्ने तयारी गरिहेको उनले बताए । सहमति नुहँदैमा चुनावमा सहभागी नै नहुने कुरा नआउने भएकाले भिडेरै जाने उनले बताए ।
देश संकटमा परेको बेलामा देश बजाउने पार्टी माओवादी नै भएको जनताले बुझिसकेकोले एक्लै प्रतिस्पर्धा गर्दा पनि माओवादी केन्द्रले नै बढी जित्ने उनको दाबि छ । माओवादी मात्रै परिवर्तनप्रति इमानदार, गम्भीर र जिम्मेवार रहेको कुरा जनताले बुझेको हुनाले यो पटक माओवादी केन्द्र एक्लै गयो भने पनि राम्रो नतिजा ल्याउने उनले ठोकुवा गरे ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।