Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २४, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

राप्रपाको प्रतिवद्धताः सामूहिक आवास, विपन्न परिचय पत्र, भ्रस्टचार पुर्ण मुक्त

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
विजय नेपाल २०७९ बैशाख ८, बिहिबार (९ महिना अघि)
राप्रपाको प्रतिवद्धताः सामूहिक आवास, विपन्न परिचय पत्र, भ्रस्टचार पुर्ण मुक्त

८ बैशाख, काठमाण्डौ ।


राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आफ्नो चुनावी प्रतिवद्धता पत्रमा आवास विहीन नागरिकलाई एकल तथा सामूहिक आवास व्यवस्था गर्ने घोषणा गरेको छ । बुधबार स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा विपन्न नागरिकलाई परिचयपत्र सहित सहुलियत मूल्यको पसल सञ्चालन गर्ने उल्लेख गरेको छ ।


पार्टीले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार विकास निर्माण लगायत स्थानीय साधन श्रोत परिचालन र रोजगारी सृजना लगायतका विषयलाई उच्च प्राथमिकता दिनेछ भने भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।


युवा, बालबालिका, महिला, ज्येष्ठ नागरिक, उत्पीडित, अल्पसंख्यक, किसान, मजदुर, उद्यमी लगायत सबै बर्ग र क्षेत्रका नागरिकको आर्थिक, सामाजिक र जनजिविकाको संरक्षण गर्ने सहज वातावरण सृजना गर्न निम्न प्रतिबद्धता सहित स्थानीय तहको निर्वाचनमा राप्रपालाई हलो चुनाव चिन्हमा आफ्नो अमुल्य मत दिन आम मतदातासँग अध्यक्ष लिङ्देनले अनुरोध गरेका छन् ।

यस्तो छ राप्रपाको चुनावी घोषणपत्र( सबैपाना)

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिवद्धता पत्र स्थानीय तह निर्वाचन २०७९


राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, स्थायित्व र समृद्धिका लागि मुलुकमा सर्वधर्म समभाव पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, बृहत् राष्ट्रिय एकता र आर्थिक उदारीकरण राष्ट्रिय प्रजातन्त्र पार्टीका आधारस्तम्भ हुन् ।


मुलुकको गौरवपूर्ण इतिहास, धर्म संस्कृति, परम्पराको जगेर्ना गर्दै हानै जीवनकालमा सवल, समृद्ध र नवीन नेपाल निर्माण गर्न सम्भव छ भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय राजनीतिको विकल्प सहित खडा भएको छ । परम्परागत रुपमा चली आएका मुल्य मान्यता लाई निरन्तरता दिदै सो मान्यतामा समयानुकूल सुधार गर्दै जाने विषयमा राप्रपा प्रतिबद्ध छ ।


राष्ट्रिय प्रजातन्त्र पार्टीले शिक्षा, स्वास्थ, कृषि, भौतिक पुर्वाधार बिकास निर्माण लगायत स्थानीय साधनश्रोत परिचालन र रोजगारी सृजना लगायतका विषयलाई उच्च प्राथमिकता दिनेछ भने भ्रष्टाचारमा शुन्य सहनशीलताको निति अवलम्बन गर्नेछ ।


तसर्थ युवा, वालबालिका, महिला, ज्येष्ठ नागरीक, उत्पीडित, अल्पसंख्यक, किसान, मजदुर, उद्यमी लगायत सबै बर्ग र क्षेत्रका नागरिकको आर्थिक, सामाजिक र जनजिविकाको संरक्षण गर्ने सहज वातावरण सृजना गर्न निम्न प्रतिबद्धता सहित स्थानीय तहको निर्वाचनमा राप्रपालाई हलो चुनाव चिन्हमा आफ्नो अमुल्य मत दिन आम मतदातासङ्ग हार्दिक अनुरोध गर्दछौं ।


सुशासन

  • भ्रष्टाचारमुक्त स्थानीय तह
  • जनतालाई निष्पक्ष र छिटो छरिटो सेवा
  • चुनाब जितेको ६ महिना भित्र बिपन्न परिवारको पहिचान गर्ने
  • ६ महिना भित्र सबै स्थानीय ऐनहरुको निर्माण तथा परिमार्जन गर्ने

शिक्षा

  • १२ कक्षा सम्म पूर्ण निःशुल्क शिक्षा
  • सबै स्थानीय तहमा कम्तिमा एक प्राविधिक धारको विद्यालय
  • सबै विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षा
  • प्रारम्भिक वालबिकास शिक्षा र कार्यक्रमलाई गुणस्तरीय बनाउन प्राथमिकता
  • गरिबीको रेखा मुनि रहेका बर्ग तथा अल्पसंख्यक समुहका न्युनतम एक÷ एक जना प्रतिभाशाली बिद्यार्थीलाई प्रत्येक वर्ष चिकित्सा शास्त्र (एम.बि.बि.एस) र इन्जीनियरिंग (स्नातक) तह अध्ययन गर्न छात्रवृत्ति
  • विद्यालयका छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण
  • विद्यालयमा छात्रामैत्री वातावरण निर्माण (सबै बिद्यालयमा छात्रा सौचालय अनिवार्य रुपमा निर्माण)
  • विद्यालयमा लागु औषध दुर्व्यशन बिरुद्ध नियमित रुपमा अभियान सञ्चालन
  • प्रत्येक विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था
  • बेरोजगार तथा सीप बिहीन युवाको लागि सीपमुलक तालिम केन्द्र स्थापना
  • प्राथमिक तहसम्म स्थानीय मातृभाषामा शिक्षा
  • फरक शारीरिक क्षमता भएका बिद्यार्थीका लागि विशेष कक्षाको व्यवस्था

स्वास्थ्य

  • सबै नागरिकलाई अनिवार्य तथा निःशुल्क स्वास्थ्य वीमा
  • हरेक वडामा स्वास्थ्य चौकी र निःशुल्क, गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा
  • सुनिश्चित बाल स्वास्थ्य र पोषण कार्यक्रम
  • प्रत्येक वडामा प्रसुती सेवा तथा निम्न आय भएका हरेक सुत्केरीलाई तीन महीनासम्म रु.३००० मासिक भत्ता स्थानीय महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता
  • सिक्कलसेल एनिमिया जस्ता रोगका विरामीलाई निःशुल्क उपचार
  • क्यान्सर, मृगौला तथा मेरुदण्ड रोगवाट पीडित स्थानीय नागरिकलाई मासिक स्वास्थ्य भत्ता
  • प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर बिरुद्धको खोप
  • प्रत्येक स्थानीय तहमा न्युनतम एक सुलभ औषधी पसलको व्यवस्था

कृषि तथा पशु

  • कृषि उद्योगमा स्थानीय रोजगार प्रवद्र्धनलाई प्रथम प्राथमिकता
  • निर्यातमूलक कृषिजन्य उत्पादनमा प्राथमिकता
  • कृषि उत्पादनको सुरक्षित भण्डारणका लागि चिस्यान भण्डार
  • एक वडा, एक उत्पादनको अवधारणालाई प्राथमिकता
  • कृषिजन्य बस्तुको बजार तथा उचित मूल्य सुनिश्चित गर्न थोक तथा हाट बजारको बिस्तार र व्यवस्थापन
  • स्थलगत निरीक्षणको आधारमा व्यावसायिक कृषि, पशुपन्छी, मत्स्यपालन लगायत अन्य कृषिजन्य व्यवसायमा अनुदान
  • कृषि सहकारी मार्फत उन्नत बिउ बिजनको उत्पादन,प्रबर्द्धन र वितरणमा प्रोत्साहन
  • किसानको उपज बेच्ने सहकारीलाई अनुदान
  • सामुहिक खेति गर्ने समूहलाई अनुदान
  • सहज र सुपथ मूल्यमा कृषि मल र आधुनिक कृषि औजारको लागि अनुदानको व्यवस्था
  • सामुदायिक रुपमा सतह, भूमिगत र लिफ्ट सिँचाईलाई उच्च प्राथमिकता र कृषि कार्यको बिद्धयुत शुःल्कमा अनुदान
  • किसानको खेत खेतमा बिजुली
  • उब्जाउ जमिन बाँझो नरहने व्यवस्था
  • प्राकृतिक प्रकोप तथा जंगली जनावरवाट किसानको बालीनाली क्षति भएमा प्राविधिक निरीक्षण गरी क्षतिपुर्तिको व्यवस्था
  • कृषि तथा वाली बीमाको व्यवस्था
  • गाई, भैसी, बाखमा कृत्रिम गर्वाधान सेवा पूर्ण रुपमा निःशुल्क
  • गाई, भैसींमा सुत्केरी भत्ता खानेपानी
  • सबै घरधुरीमा चार वर्षभित्र आधारभूत खानेपानी सेवा
  • तराईमा आर्सेनिकमुक्त सुरक्षित खानेपानी
  • उपभोक्ताको स्वामित्वमा खानेपानी योजना
  • एक घर एक धार

कर व्यवस्था

  • स्थानीय करको दर परिमार्जन गरी ५० प्रतिशत सम्म स्थानीय कर कटौती गरी न्युनतम करको व्यवस्था गर्ने
  • रोजगारमूलक उद्योग स्थापना गर्नेलाई पूर्वाधार निर्माणमा सहयोग तथा १० वर्षसम्म स्थानीय कर छुट
  • महिलाद्वारा संचालित साना तथा लघु उद्योग व्यवसायमा १२ वर्षसम्म स्थानीय कर छुट

युवा तथा खेलकुद

  • सार्वजनिक – नीजि साझेदारीवाट युवालक्षित उद्यम व्यवसाय प्रबर्द्धन
  • सामाजिक कुरीति, दुर्व्यशन, अन्धविश्वास, विभेद र असमानता बिरुद्ध युवा परिचालन
  • आवश्यकताको आधारमा स्थानीयतहको रंगशाला, कभर्ड हल, प्रत्येक वडामा खेल मैदान
  • प्रत्येक वडामा खुला ब्यायामशालाको निर्माण
  • स्थानीय प्रतिभाशाली खेलाडी तथा प्रशिक्षकलाई उच्चस्तरीय प्रशिक्षण र प्रोत्साहन
  • बिदेशमा रहेका नेपाली कामदार युवाहरुलाई स्वदेश फर्कन उत्प्रेरित गर्ने र उनीहरुको सीप तथा दक्षताको आधारमा आफ्नै स्थानीय तहमा उद्यम गर्नका लागि सहज वातावरण निर्माण गर्ने, सहुलियतमा ऋण प्रदान गर्ने, निश्चित समयको लागि कर छुटको व्यवस्था गर्ने

 

भौतिक संरचना, सामाजिक, महीला, रोजगार तथा अन्य

  • प्रत्येक घरमा बिजुली
  • एक पालिका एक स्वरोजगार तालिम केन्द्रको स्थापना र तालिम प्राप्त युवाहरुलाई रोजगारको व्यवस्थापन गर्ने
  • सीप सिकेका युवाहरुलाई बिना धितो ऋण
  • सार्वजनिक स्थलमा फ्री–वाईफाई
  • अति बिपन्न परिवारका लागि परिचय पत्र र सुपथ मूल्यको पसल
  • सबै वडालाई सडक संजालमा जोडी बाहैं महिना चल्ने कालोपत्रे वा ग्रावेल सडक
  • नगर, गाँउपालिकाको प्रत्येक वडामा बाल उद्यान, पार्क
  • स्थानीय, प्रदेश र केन्द्रीय तहवाट संचालन हुने आयोजनाहरुमा स्थानीयहरुलाई रोजगारीमा प्राथमिकता
  • महीला हिंसा, दाइजो प्रथा तथा वाल बिबाहको अन्त्य गर्ने तथा महीला सशक्तीकरण कार्यक्रमलाई प्राथमिकता
  • एकल तथा बिदुर, शारीरिक र मानसिक रुपमा अशक्त, असहाय जेष्ठ नागरिकका लागि स्याहार–सुसार ,हेरचाह र औषधि उपचारको व्यवस्था
  • अशक्त, असहाय र टुहुरा बालबालिकालाई आवश्यक शिक्षा, स्वास्थ्य र हेरचाहको व्यवस्थाका लागि स्याहार केन्द्रहरुको स्थापना
  • गौशाला, गुरुकुल एवं अन्य बिभिन्न धार्मिक तथा परम्परागत मान्यतामा आधारित शैक्षिक संस्थाहरुको संरक्षण
  • आवश्यकताको आधारमा एक स्थानीय तह, एक गौशाला निर्माण
  • सबै प्रकारका ऐतिहासिक, पुरातात्विक र धार्मिक तथा पर्यटकीय क्षेत्र तथा संरचनाहरुको संरक्षण, प्रबर्द्धन
  • स्थानीय कला तथा संस्कृतिको संरक्षण र प्रोत्साहन
  • ज्येष्ठ नागरिकलाई देशभित्र निःशुल्क धार्मिक यात्राको व्यवस्था
  • सबै प्रकारका जातीय छुवाछुत र भेदभावको पूर्ण रुपमा अन्त्य गर्ने
  • सबै ज्येष्ठ नागरिकहरुले प्राप्त गर्ने सेवा सुबिधा घर दैलोमा नै पुर्याउने व्यवस्था
  • प्रत्येक महिनाको एक पटक सबै ज्येष्ठ नागरिकहरुलाई घर दैलोमा नै आधारभूत स्वास्थ्य परिक्षणको व्यवस्था
  • सामुदायिक वनहरुलाई उपभोक्ताको आय आर्जनसंग जोड्ने र व्यवस्थित गर्ने भूमिहीन तथा घरबार बिहीन नागरिकहरुको लागि एकल तथा सामुहिक आवासको व्यवस्था
  • स्थानीय पर्यटन बिकासलाई प्राथमिकता दिई होमस्टे संचालनको लागि निर्व्याजी ऋण र तालिमको व्यवस्था
  • स्थानीय कलाकारहरुको प्रतिभालाई अभिवृद्धि गर्न प्रोत्साहन गर्ने
  • स्थानीय तहमा बिकास बिज्ञको व्यवस्था गरी सम्भाव्यताको आधारमा विकास कार्यक्रम निर्माण तथा परिचालन
  • न्युनतम एक कार्यकाल नयाँ सवारी साधन खरिदमा रोक स्थानीय तहमा पर्यावरण संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण तथा जलवायुजन्य जोखिम कम गर्न स्थानीय अनुकुलन कार्य योजना निर्माण तथा कार्यान्वयन
  • स्थानीयस्तरवाट उत्सर्जन हुने फोहरमैला, प्रदुषण न्यूनीकरण तथा ढल निकासको उचित व्यवस्थापन
  • एक बिज्ञ समुह गठन गरी एक वर्ष भित्र ग्रामिण विकास योजनाको निर्माण
  • ग्रामिणस्तरमा आय–आर्जन र रोजगारीलाई सुनिश्चितता गर्दै बसाईं–सराईलाई व्यवस्थित र न्यूनीकरण गर्ने
  • सबै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित समुदायको आत्मसम्मानपुर्वक जीवनयापनका लागि वातावरण निर्माण गर्ने ।
  • सबै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित समुदायको जीवनस्तर सहज बनाउनका लागि सार्बजनिक सेवा सुबिधा बत्ति, खानेपानी, ढल,वाटोको सुबिधाको व्यवस्था गर्ने

राप्रपा प्रचार प्रसार समिती

[dflip id="4378" ][/dflip]

प्रतिक्रिया दिनुहोस
स्थानीय तह निर्वाचन सम्बन्धि थप
  • १० मत पनि नल्याउने प्रमुख पदका २० उम्मेद्वार

    १० मत पनि नल्याउने प्रमुख पदका २० उम्मेद्वार

  • यी हुन् सिन्धुपाल्चोकमा कम मतान्तरले विजेता हुनेहरु

    यी हुन् सिन्धुपाल्चोकमा कम मतान्तरले विजेता हुनेहरु

  • सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

  • सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    • ताजा अपडेट
    • २४ घण्टामा

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    युवराज दुलाललाइ बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी

    घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    समाचार
    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0