स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
८ बैशाख, चौतारा ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले आफ्नो पदबाट राजीनामा दिएका छन् । मेयर तामाङले उपमेयर जानुका पराजुली समक्ष राजिनामा पेश गरेका हुन् ।
२०७४ को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट विजयी बनेका तामाङले आज राजीनामा दिएका हुन् । तामाङले पदबाट राजिमाना दिदैं आफूले नगरपालिकामा सुविधाको रुपमा लिंदै आएको गाडी, आवास तथा मोबाइल फोन समेत फिर्ता गरेका छन् ।
उनले पार्टीसमक्ष आसन्न निर्वाचनमा समेत मेयर पदमा टिकटको दाबि गरीरहेका छन् । नेकपा माओवादी केन्द्र, चौतारा साँगाचोकगढी नगर कमिटीले उनीसहित हालकी उपप्रमुख जानुका पराजुली, केन्द्रिय सदस्य कृष्ण सापकोटा, जिल्ला अध्यक्ष गोविन्द पराजुली र प्रदेश सदस्य श्यामसुन्दर श्रेष्ठको नाम सिफारीस गरेको छ ।
अमानसिं तामाङले आफ्नो दाबेदारीमा लचक नहुँदा पार्टीमा उम्मेद्वारी टुङ्गाउन सकस भएको छ । पार्टी उनलाई नदोहो¥याउने पक्षमा छ भने उनी जसरी पनि दोहो¥याउन चाहीरहेका छन् ।
मेयर पदकै दाबि गरीरहेकी उपप्रमुख पराजुलीले भने राजिनमा दिएकी छैनन् ।
निर्वाचन आयोगको प्रावधानअनुसार आउँदो निर्वाचनमा उम्मेदवारी दर्ता गराउने जनप्रतिनिधिले राजीनामा दिनुपर्नेछ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८