स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
९ बैशाख, चौतारा ।
सत्तारुढ पाच दलीय गठबन्धन छाडेर सिन्धुपाल्चोकमा प्रमुख दल नेपाली कांग्रेसले नेकपा एमालेसँग साँठगाँठ गर्न लागेको हल्ला बाहिरिएपछि जिल्लामा क्रियाशील अन्य दलभित्र रुवाबासी मच्चिइएको छ ।
कांग्रेसले एमालेसँग गठबन्धन गर्न लागेको भन्दै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पाच दलीय गठबन्धनको बागमती प्रदेश कार्यदल गुहारेका हुन् । बिहीबार माओवादीका जिल्ला संयोजन गोविन्द पराजुली र एसका जिल्ला अध्यक्ष नवराज पौडेलले संयुक्त रुपमा पत्र लेख्दै गठबन्धन मिलाइदिन प्रदेश गुहारेका हुन् ।
संयन्त्रको बैठक संयोजनको जिम्मेवारी प्राप्त दल नेपाली कांग्रेसका तर्फबाट बैठकको आह्वान नै नगरेको र बैठक बोलाएका दिन पनि मुख्य निर्णायक भूमिकामा रहनुहुने नेता तथा केन्द्रीय सदस्यको अनुपस्थितिका कारण वार्ताको वातावरण नबन्ने अवस्था सिर्जना भएको पत्रमा उल्लेख छ ।
‘हाल गठबन्धन दलको सात बुँदे निर्देशन विपरीत नेपाली कांग्रेसका तर्फबाट नेकपा एमालेसँग वार्ता अगाडि बढाई गठबन्धनको मर्म र भावनाभन्दा बाहिरका शक्तिका बीचमा पालिका प्रमुख, उपप्रमुख समेतको बाँडफाँड गरेको पाइएकाले यस सम्बन्धमा तत्काल शीर्ष नेतृत्वको ध्यानाकर्षण गराई आवश्यक कदम चाल्नुपर्ने देखिएकाले प्रदेश स्तरीय संयन्त्रबाट आवश्यक कदम चाल्नुहुन यो ध्यानाकर्षण पत्र पेश गर्दछौँ ।’ पत्रमा लेखिएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।