स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
काठमाण्डौं , १२ माघ ।
केन्द्रीय तथ्यांक विभागले आइतबार राष्ट्रिय जनगणना २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान गरेको छ ।
विभागले जनगणनाका लागि करारमा करिब ३९ हजार जना गणक र ८ हजार जना सुपरिवेक्षक भर्ना गर्ने तयारी गरेको हो । गणक तथा सुपरिवेक्षक पदमा काम गर्न इच्छुकका लागि अनलाइनमार्फत दरखास्त खुला गरिएको छ । विभागले करारमा गणक तथा सुपरिवेक्षक भर्ना गरेपछि आवश्यक तालिम दिई काममा खटाउनेछ ।
गणक र सुपरिवेक्षक पदका लागि इच्छुकले २०७७ चैत ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत्र ५ गतेदेखि चैत ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको छ ।
करारका जनशक्ति अपुग भएमा स्थानीय सामुदायिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई परिचालन गरिने विभागले जनाएको छ ।
हेर्नुस् सुचना र दरखास्त फारमः
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८