स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
विश्व वातावरण दिवस, २०२४ को अवसरमा डिभिजन वन कार्यालय, सिन्धुपाल्चोकले सेतीदेवि पालेथुम्का पार्कमा वृक्षरोपण गरि दिवस मनाएको छ । ‘हाम्रो भुमि, हाम्रो भविष्य’ भन्ने नारा सहित बुधबार बिहान औपचारिक कार्यक्रम सहित पालेथुम्का पार्कमा दिवस मनाइएको हो ।
सो अवसरमा पार्कमा क्रिसमस ट्री, कपुर, सुन्तला , अमला लगाएतको प्रजातिका बिरुवा रोपण गरिएको सब-डिभिजन वन कार्यालय , चौताराका प्रमुख रमेश दुलालले बताए । चौतारा साँगाचोकगढी नगरपालिका ७ को सिद्धिगणेश सामुदायिक वन उपभोक्ता समुहले संयोजन गरेको उक्त कार्यक्रम वन समुहका अध्यक्ष विजय नेपालको अध्यक्षतामा भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका डिभिजन वन कार्यालय, चौताराका डिभिजनल प्रमुख मदन कँडेलले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न वातावरण जोगाउनुपर्नेमा जोड दिए । सोही वडामा वडाध्यक्ष डम्बरबहादुर तामाङले पहिले पहिफे हरेक डाँडा र चउरमा आहाल र ठुलाठुला वर वरपिपलका रुख हुने गरेको स्मरण गर्दै त्यस्ता सम्पदा नाश हुँदा वातावरणमा प्रतिकुल असर पारेको बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८